Skip to content

रोप्यो कसले पिरतीको फूल


रोप्यो कसले पिरतीको फूल अनौठो
नसिद्धिने बगेर कहिल्यै मूल अनौठो

जोडेर मनका टाकुरा मिलन गराउने
बनायो कसले पिरतीको पुल अनौठो

प्रेम रोग हो थाहा छ जलाउँछ रुवाउँछ
तर पनि मान्छे गर्दछ त्यै भूल अनौठो

मर्दछ मान्छे तर मर्दैन यो प्रेम कहिल्यै
सधैंभरि मुटुमा बिझाउने सुल अनौठो

मिलन अनि बिछोड बराबर छ भोगाई
खुशी बेचेर आँसु बटुल्ने रुल अनौठो

-अजित क्षेत्री

1 thought on “रोप्यो कसले पिरतीको फूल”

Leave a Reply

Your email address will not be published. Required fields are marked *