सहकारी
”मौद्रिक तरलता घट्यो , त्यसको प्रभाव सहकारीहरुमा पनि पर्यो । यसरी त सहकारी धरासाही हुने भयो,” अध्यक्ष मानसिँहले चिन्ता व्यक्त गरे ।
”मौद्रिक तरलता घट्यो , त्यसको प्रभाव सहकारीहरुमा पनि पर्यो । यसरी त सहकारी धरासाही हुने भयो,” अध्यक्ष मानसिँहले चिन्ता व्यक्त गरे ।
चुनाव आउँदा घर-गाउँमा राजनीति तुफान चल्छ
घोषणा पत्र एजेण्डामा देश निर्माणको बखान चल्छ
तुफान वामपन्थी विचार भएको परिवारमा जन्मिएको थियो । सानैदेखि कम्युनिष्टहरूसँगको सङ्गत रह्यो । त्यसैले उसलाई कम्युनिष्ट पार्टीका घोषणापत्र र मार्क्स एङ्जेल्स्, लेनिन, माओका जीवनीहरू पढ्ने अवसर मिल्यो ।
Read More »तुफानकल्पना फाउन्डेसन नेपालको आयोजना र विश्व नेपाली साहित्य महासंघ नेपाल शाखा, बिनेसाम नेपाल लुम्बिनी शाखाको सहआयोजनामा भएको कार्यक्रममा कृतिकार कल्पना पौडेल “जिज्ञासु” को बिद्रोहका तरङ्ग कृतिको समिक्षा आज खजुरामा गरिएको छ ।
Read More »बिद्रोहका तरङ्ग (मुक्तक-संग्रह)को समिक्षाभारतको केरलामा कार्यरत जीतबहादुर दुई महिनाको बिदा लिएर नेपाल फर्केको थियो । उता घरमा बुढा भएका बुवा आमाको साथमा श्रीमती र तीन छोरीसहित छ जनाको परिवार थियो ।
Read More »जीतबहादुरको नासो१५५औ मोती जयन्तीको अवसरमा विश्व नेपाली साहित्य महासङ्घ नेपाल शाखाले मोती बिमर्श, रचना वाचन तथा विनेसाम लुम्बिनी प्रदेश समिति गठन गरेको छ।
Read More »विनेसामले मनायो १५५औ मोती जयन्तीरेखा जग्गा सम्बन्धी कामको शिलशिलामा जिल्ला अदालतमा गएकी थिइन् । आफ्नो वकिल ठिक समयमा नआइपुगेको कारण समय बिताउन गाह्रो भएकोले अदालतमा यता उता डुल्दै थिइन् । अचानक रेखाको नजर कैदी कक्षमा पुग्यो ।
Read More »अठोटविश्व नेपाली साहित्य महासङ्घ (विनेसाम) नेपाल शाखाको आयोजनामा असार २८, २०७८मा आदिकवि भानुभक्त आचार्यको २०८ औ जन्म जयन्ती मनाइयो । कार्यक्रममा जुम मार्फत सिर्जना र भानु विमर्श कार्यकम नेपाल भित्र र देश बाहिरका साहित्यकारहरुबाट विभिन्न रचना वाचन गर्नुका साथै भानुभक्तको बारेमा धारणा पस्तुत गरिएको थियो ।
Read More »विनेसामले मनायो भानु जयन्तीपाखाभरि कपासको बिरुवा लगाइएको थियो । कपासको ती बिरुवा फुलेर फक्रदै गरेको अवस्थामा थिए । तिनीमध्ये एउटा सानो भर्खरै फक्रदै गरेको कपास असाध्यै सुन्दर थियो ।
Read More »कपास (नीति कथा)जङ्गलको छेउमै रहेको एक घरमा तीन वटा बाख्राका पाठाहरू थिए । तिनीहरू सँधै सँगै चर्न जान्थे । ती पाठाहरूमाथि धेरै दिनदेखि स्यालको नजर गडेको थियो ।
Read More »पाठा र स्याल (नीति कथा)लक्ष्मीप्रसाद देवकोटाका ११२ औं जन्म जयन्तीको अवसरमा लक्ष्मीपूजाको विशेष दिनमा भर्चुअल माध्यमबाट रचना वाचन कार्यक्रम सम्पन्न गरिएको छ।
कोरोनाले विश्वभर महामारी रुप लिइरहेको विषम परिस्थितिमा लामो समयपछि अनलाइनको माध्यमद्वारा साहित्यिक क्षेत्रमा देवकोटाले पुर्याएको योगदानको स्मरण गर्न आयोजित कार्यक्रममा विश्व नेपाली साहित्य महासंघ नेपाल शाखाका साहित्यकार तथा सदस्यहरुले लक्ष्मीप्रसाद देवकोटाको बारेमा चित्रण गरिएका विभिन्न गीत, कविता, गजल, मुक्तक जस्ता रचना वाचन गरेका थिए।
बोझिलो, निरसिलो, विरक्तिएको समयमा पीडाको पहाड बोकेर जीवनगति हाँक्दै गर्दा यात्राका क्रममा यिनै अक्षरहरूलाई साथी बनाएर मनका भावनाहरू शब्दको माध्यमबाट पोख्ने गर्थें । सुनिदिने कोही थिएनन् तर पनि दुखद होस् वा सुखद मेरा आफ्ना प्रिय यिनै थिए, यिनैसँग खेल्थेँ, रमाउने गर्थें । आँसु झर्दा फेरि त्यही कलम समाउने गर्थें । यसरी दिनहरू बितेका थिए ।
एउटा जङ्गलमा बाघ सुतिरहेको थियो । अचानक बाघलाई निदाएको देखेर एउटा मुसा उसैमाथि चढेर खेल्न थाल्यो । मुसाको खेलाईले बाघको निद्रा खुल्यो र ब्यूँझिए पछि उसले मुसालाई समात्यो । मुसा एकदमै डराएर थरथर काँप्न थाल्यो र बाघसँग भन्यो, “हे जङ्गलका महाराजा मलाई माफ गरिदेऊ, अब आहिन्दा यस्तो हर्कत गर्ने छैन । बरु हजुरलाई कुनै समस्या पर्दा सहयोग गर्नेछु ।”
हरिप्रसाद एक किसानको छोरा थियो । प्रशस्त खेतीपाती भएकोले माटो मोलिलो बनाउनुपर्ने र दुध बिक्रीबाट आम्दानीको स्रोत बलियो बनाउने उद्देश्यले भैंसी पनि पालेको थियो । परिवारका अन्य सदस्यहरू खेतीपातीमा काम गर्थे भने हरिप्रसाद दिनहुँ बिहानैदेखि भैंसी चराउन बनमा जान्थ्यो ।
सबै भैंसीहरुको घाँटीमा एकै प्रकारको घण्टी बाँधिएका थिए । एउटा उन्नत जातको धेरै दूध दिने चिल्लो राम्रो भैंसीको घाँटीमा अरुकोभन्दा फरक महँगो घण्टी बाधिएको थियो ।
८ मार्च २०१९ अर्थात् २०७५ फागुन २५ गते विश्वका विभिन्न देशमा क्रियाशील महिला सङ्गठनहरूले १०९ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवश मनाउँदै छन् । आज १०९ औँ महिला दिवश मनाइरहँदा पनि महिलाहरू सामाजिक, आर्थिक र राजनैतिक क्षेत्रबाट उत्पीडित र उपेक्षित छन् । सरकारी तथा गैरसरकारी क्षेत्रबाट महिला हक, हित र अधिकारका निम्ति गरिएका प्रयत्नका बाबजुद महिलाहरूको स्थितिमा तात्विक अन्तर आउन सकेको छैन ।