Skip to content

विनेसामले मनायो भानु जयन्ती

  • by

विश्व नेपाली साहित्य महासङ्घ (विनेसाम) नेपाल शाखाको आयोजनामा असार २८, २०७८मा आदिकवि भानुभक्त आचार्यको २०८ औ जन्म जयन्ती मनाइयो । कार्यक्रममा जुम मार्फत सिर्जना र भानु विमर्श कार्यकम नेपाल भित्र र देश बाहिरका साहित्यकारहरुबाट विभिन्न रचना वाचन गर्नुका साथै भानुभक्तको बारेमा धारणा पस्तुत गरिएको थियो ।

उक्त कार्यक्रमको आयोजना विश्व नेपाली साहित्य महासङ्घ नेपाल शाखाले गरेको थियो भने कार्यक्रमको अध्यक्षता नेपाल शाखाकि अध्यक्ष कल्पना पौडेल “जिज्ञासु”ले गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ भाषाविद प्रा. डा. टङ्कप्रसाद न्यौपाने, विशिष्ट अतिथि विनेसाम केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बु, माहासचिव सुनिता राई, अतिथि ऋषिराम सापकोटा र चरित्रा शाहले आदिकवि भानुभक्त आचार्यको बारेमा आ आफ्नो धारणा राख्नुभएको थियो ।

विनेसाम नेपाल शाखाका बरिष्ट उपाध्यक्ष केबी पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो उक्त कार्यक्रममा भानुभक्तको सम्झनामा लेख प्रासाद प्याकुरेल, इन्दिरा गौतम, नाज सिंह, बोधराज प्याकुरेल, सिता विष्ट कार्की, केशु पोख्रेल खनाल, कृष्ण प्रसाद कार्की, मुना सिग्देल, बिमला शर्मा ढुङ्गाना, सुमित्रा आचार्य लगायतले रचना वाचन गर्नुभएको थियो ।

कार्यक्रमको संचालन विनेसाम नेपाल शाखाकी माहासचिव अम्बिका याम्फु अनमोलले गर्नुभएको थियो ।

बाँके

Leave a Reply

Your email address will not be published. Required fields are marked *