मुसाले तिर्यो बाघको गुण


एउटा जङ्गलमा बाघ सुतिरहेको थियो । अचानक बाघलाई निदाएको देखेर एउटा मुसा उसैमाथि चढेर खेल्न थाल्यो । मुसाको खेलाईले बाघको निद्रा खुल्यो र ब्यूँझिए पछि उसले मुसालाई समात्यो । मुसा एकदमै डराएर थरथर काँप्न थाल्यो र बाघसँग भन्यो, “हे जङ्गलका महाराजा मलाई माफ गरिदेऊ, अब आहिन्दा यस्तो हर्कत गर्ने छैन । बरु हजुरलाई कुनै समस्या पर्दा सहयोग गर्नेछु ।”

मुसाको यस्तो कुरा सुनेर बाघ जोरसँग हाँस्दै भन्यो, “म यति शक्तिशाली छु कि मलाई कसैको सहयोगको खाँचो पर्दैन । अँझै तँ यति सानो मुसाले मलाई के नै सहयोग गर्न सक्छस् र ?”

बाघले यसरी मुसाको मजाक उडाएर छोडी दियो ।

त्यसको केही दिनपछि बाघ शिकारीको जालमा फस्यो । धेरै कोशिस गर्दा पनि जालबाट निस्किन सकेन । बाघको यो अवस्था टाढाबाट मुसाले हेरिरहेको थियो । उसलाई पुरानो कुरा याद आयो र बाघको सामुन्ने आएर आफ्नो दान्तले जाल काटी बाहिर निस्किन सफल बनायो । यसप्रकारले मुसाले आफ्नो ज्यानको बदलामा बाघको ज्यान बचाएर पुरानो गुण चुक्ता गर्यो ।

तसर्थ कहिल्यै पनि कसैलाई सानो सम्झेर घृणा अपमानित र हेपाइ प्रवृति राख्नु हुदैन । किनकि समस्या जसलाई जति बेला पनि पर्न सक्छ र सहयोगको खाँचो पर्न सक्छ ।

(लोककथामा आधारित)

कल्पना पौडेल “जिज्ञासु”
गैडाकोट नवलपरासी
हाल = काठमाण्डौ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *