Skip to content

तीन मुक्तक (कसरी रोपिए छुरा मुटुमा)


एक
कसरी रोपिए छुरा मुटुमा त्यो दर्दनाक कहानी छ
नभनी कसैलाई त्यै चरम पीडा सहने मेरो बानी छ
साहित्य रस छम्केर भुलाउदै छु आफू र दुनियाँलाई
नत्र यो सारा जगतनै डुबाउने यी आँखामा पानी छ

दुई
सुखी त्यो घरवारमा विवादको आगो लगाएर
बाउ-आमा दुई किनारा सन्तान टुहुरा बनाएर
आत्मगलानी हुँदैन हे पत्थरले बनेको मान्छे ?
कतिञ्जेल बाँच्लास आफ्नो संसारमा रमाएर

तीन
नारीको कोमल मन भावनासँग खेलेर त्यो पुरुष जाती
गर्व गर्दै हिड्छ यै समाजमा अँझै फुलाएर आफ्नो छाती
पटक पटक मानसिक बलात्कार गरी अँझै पागल बनाउन
पृथिवीलाई भार ब्यर्थै किन बाँच्छन त्यस्ता अपराधी घाति ?

कल्पना पौडेल ‘जिज्ञासु ‘
गैडाकोट नवलपरासी
हाल = काठमान्डौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *