तिमीले साथ छोड्यौ भने यो जीवन अब साँच्दिन म
कोसिश गरी हेर प्रिय तिम्रो कसम बाँच्दिन म
हावामा उडाइदिन्छु देखेका ती सपनाहरू
धुकधुकीमा तिमीनै छौ त्यो मुटुलाई के गरुँ?
अरुसँग रमाएर यो जिन्दगीमा हाँस्दिन म
कोसिश गरी हेर प्रिय तिम्रो कसम बाँच्दिन म
यती ठुलो संसारमा तिमी लाग्यो आफ्नो जस्तो
तिम्रो लागि अमूल्य यो प्राण पनि भयो सस्तो
कति साँचो माया गर्छौ भनी अब जाँच्दिन म
कोसिश गरी हेर प्रिय तिम्रो कसम बाँच्दिन म
कल्पना पौडेल “जिज्ञासु”
नवलपरासी
हाल काठमान्डौ