Skip to content

नयाँ नेतृत्व चयन गर्दै विनेसामको नेपाल शाखा पुर्नगठन


काठमाण्डौं, अगस्ट १८, २०१९

विश्वभरका साहित्यकारहरू एकजुट होऔं, नेपाली साहित्यलाई समृद्ध बनाऔं’ भन्ने मूल नाराका साथ स्थापना भएको विश्व नेपाली साहित्य महासंघको नेपाल शाखा कल्पना पौडेल ‘जिज्ञासु’ को अध्यक्षतामा पुर्नगठन भएको छ ।

यसैगरी वरिष्ठ उपाध्यक्षमा केवि पौडेल, उपाध्यक्षमा केशु पोखरेल खनाल, महासचिवमा अम्बिका चाम्फू, सचिवमा संजाल शर्मा, कोषाध्यक्षमा बसु श्रेष्ठ, सहसचिवमा दीपा नेपाल, सहकोषाध्यक्षमा नविन रावत चयन भएका छन् । सदस्यहरुमा दामोदर ढकाल, ढुण्डीराज ढकाल, लोकेश जलन, सीता विष्ट कार्की, सुभद्रा घिमिरे, कृष्णबहादुर केसी, बिमला अधिकारी देवकोटा, मोहन कार्की, कल्पना चाम्लिङ्ग राई चयन भएका छन् ।

नेपाली साहित्यको श्रीबृद्धिका लागि स्वदेश तथा विदेशमा रहनु हुने नेपाली साहित्यकारहरू आवद्ध यो सस्था सन् २०१० साल भानु जयन्तीको अवसर पारेर स्थापना भएको थियो भने यस संस्थाले विभिन्न देशमा २४ वटाभन्दा बढी शाखाहरू पनि स्थापना गरिसकेको छ । विश्व केन्द्रीय समितिको निर्वाचन भएको एक महिना पछि विश्व केन्द्रीय समितिका महासचिव केदार संकेतको उपस्थितिमा नेपाल शाखाको पुर्नगठन गरेको हो ।

विश्व नेपाली साहित्य महासंघका सबै शाखाहरुलाई सक्रिय गराएर नेपालमा पनि यसका उप शाखाहरू खोलिदै अगाडि बढ्नु पर्ने र नेपाली भाषा साहित्यलाई विदेशी साहित्यकारहरू माझ पुर्याउन आवश्यक रहेको महासचिव संकेतले बताउदै संस्थाले अस्ट्रेलिया शाखाको उद्घाटन आज गर्ने कार्यक्रम समेत रहेको जानकारी गराएका थिए
रमेश कंडेलको अध्यक्षतामा अगाडि बढेको भेलालाई केबी पौडेलले स्वागत गरेका थिए भने उक्त कार्यक्रम कल्पना पौडेल “जिज्ञासु”बाट संचालन गरिएको थियो |

Leave a Reply

Your email address will not be published. Required fields are marked *