पाठा र स्याल (नीति कथा)

  • by

जङ्गलको छेउमै रहेको एक घरमा तीन वटा बाख्राका पाठाहरू थिए । तिनीहरू सँधै सँगै चर्न जान्थे । ती पाठाहरूमाथि धेरै दिनदेखि स्यालको नजर गडेको थियो ।

स्यालले पाठालाई सिकार गर्न दाउ हेरिरहेको थियो । तर पाठाहरू सँगसँगै चर्ने हुँदा आक्रमण गर्न सकेको थिएन । ती पाठाहरुमा एकदम गहिरो मित्रता र माया थियो । उनीहरू जति बेला पनि सँगसँगै रहन्थे । त्यसैले स्यालले धेरै चोटी झम्टेर खान खोज्दा तिनै ओटा पाठ मिलेर स्याललाई लखेटेर जङ्गल कटाउथे ।

एकदिन स्यालले जुक्ति सोच्यो, “अब यिनीहरुलाई अलग अलग बनाउँछु र आफ्नो सिकार बनाएर खान्छु ।”

सँगै हुदा स्याल एउटा पाठाहरू तीन ओटा हुन्थे स्याललाई जित्थे अनि आफूहरुको बचाउ गर्थे । अब स्याललाई झन् पाठा खाने भोक बढी जाग्न थाल्यो । पटक पटक आफू असफल र पाठाहरू सफल भएकोले आक्रोश झन् बढेको थियो ।

स्यालले जङ्गलमा एउटा झुटो हल्ला फैलायो, “ती पाठाहरू मिले जस्तो गरेर एक अर्कोलाई धोका दिंदै छन्, त्यो मित्रता देखावटी हो ।”

अब शङ्का उत्पन्न भयो – कुन पाठाले अर्को पाठालाई धोका दिदै छ ? कुन शत्रु कुन मित्रु ठम्याउन कठिन भयो । शङ्काले लङ्का जलाउँछ भने जस्तै उनीहरूबीच विश्वास टुट्यो । यही कारण उनीहरू अलग अलग चर्न थाले । अब उनीहरुको मित्रता पनि टुट्यो ।

स्यालको षड्यन्त्र सफल भयो । एकदिन स्यालले तीनमध्ये एक पाठा माथि हमला गर्यो । पाठो बिचरा एक्लै चरिरहेको थियो, स्यालको फन्दामा फस्यो एकछिन लडाइँ चल्यो । तर पाठाले जित्न सकेन घाइते बनायो र मारेर स्यालले आफ्नो पेट भर्यो ।

अब दुई ओटा मात्र पाठा बाँकी रहे । उनीहरुलाई आफ्नो पुरानो मित्र अहिलेको शत्रुलाई स्यालले खाएको थाहा भयो । शङ्काले मनमा घृणा पलाएको कारण खुशी भए, “खुवै मेरो विरूद्धमा षडयन्त्र गरेको थिइस्, बल्ल ठिक भयो । स्यालले खायो ।

भोलि हामीलाई पनि त्यसरी नै खान्छ कि भन्ने ज्ञान उनीमा थिएन यदि हुन्थ्यो भने बचेका दुवै सुरक्षित रहन सक्ने थिए । अर्को दिन एक्लै चरेको पाठा नजिक गयो र सिधै आक्रमण गर्यो र आफ्नो सिकार बनायो ।

अब एउटा मात्र बाँकी रहेको थियो । उसलाई पनि त्यसै गरी यसरी पालैपालो पाठाहरुको हत्या गर्यो स्यालले । आफ्नो जुक्तिलाई सफल बनायो । पाठाहरू सँगसँगै हुदा हरेक समस्याको मिलेर साबधान गरेका थिए जङ्गली जनवारबाट आफ्नो बचाउ गरेका थिए । जब एकता टुट्यो, अलग भए, उनीहरुले एक्लै रक्षा गर्न सकेनन् ।

एकतामा ठुलो तागत हुँदो रहेछ । फुटेर होइन जुटेर हरेक खतरा पूर्ण परिस्थितिको सामना गर्न सकिने रहेछ । तर आफूमै विश्वास नभएको कारण अरुको बहकाउमा आउनालेले बिचरा पाठाहरुलाई आफ्नो ज्यान गुमाउनु पर्यो ।

कल्पना पौडेल ‘जिज्ञासु ‘
नवलपुर
हाल = बाँके नेपालगञ्ज

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *