जीवन सार्थक बनाउन सवले स्व–आत्माको दीप जलाऊ
श्रवणको द्धारबाट सत्यलाई आफ्ना हृदयमा बोलाऊ
छिपित आत्मा जड बनिएको छ केही माथाी उठाऊ
मनको भ्रमित भावना हटाई आत्माको दीप जलाऊ
आत्माको दीपबाट सत्यको दीप बलिरहन्छ
सत्यको दीपनै संसारमा सदैव जलिरहन्छ
बिना बत्ती बिना तेल प्रकाशमय बनिरहन्छ
तन, मन, जल, थल, सदैव चलिरहन्छ
सूर्यको रापले पनि सत्य जल्दैन
हावाको वेगमा पनि त्यो कहीं उडदैन
बादलको झरीमा पनि कुनै पल बग्दैन
आकाशले पनि सत्यलाई पुछन सक्दैन
तिमी भित्र छ सत्य प्रत्येक सासमै लुकेको
पहिचान गर स्वरमै छ ईश्वर बसेको
मन्दिर मस्जिद चर्चमा छ भ्रमित मनले खेलेको
आत्मा ज्ञान बिना नै छ मानवता जलिरहेको
स्व–आत्मा भित्रको सत्यलाई खोज्न सिकाऊ
ज्ञानको सागर आफै भित्र छ वगाएर देखाऊ
सृष्टिकर्ता तिम्रो प्रतिक्षारत छ आत्माले बोलाऊ
सवले स्व–आत्मामा दीप वाली समाज उज्वलमय बनाऊ
