रगत रातै जीवन उस्तै फरक केही छैन
मानवको जात मानव नै हुन जनावार हैन
जातको पुजारी होइन अब मानवताको पुजारी बनाऔ
सगरमाथा अनि बुद्धको देशमा जातीय विभेद मेटयौ
मानिस ठुलो जात होइन दिलले हुन्छ माहाकविले भनेर गयो
वर्षै वर्ष पुरनो छुवाछुतको समाजिक रित समाजै चलिरहयो
जातको आधार सानो ठुलो भन्दै समाज अघि बढिरहयो
कवि माहाकविको वाणी पनि खै काहा केमा प्रयोग आयो
मानिस ठुलो कमर्ले हुन्छ गौतम बुद्धको पनि थियो सन्देश
अँझै पनि जातकै आधारमा पानी वारने कस्तो हाम्रो परिवेश
किन मानव भित्रको मानवता हराए झै भयो
अब त माहाकवि र बुद्ध पुरुषको बाणी पनि खेर गयो
पानीको भित्र रंग देख्ने हामा्रे समाज कस्तो छ विवेक
मानव मानव विच विभेद गर्ने बाहाना छ अनेक
मन्दिर, धारा, इनार, घर आंगनमा पनि जातकै सीमा कोरयो
मानवको जाति मानव भित्रै कस्ले विभेद जन्माई फोर्यो ?
मीलन एस.डी. “गुरु”
