Skip to content

बेश्याका अन्तरवेदना


म समाजले हेर्ने बेश्या होइन
हो म घृणित पात्र पनि होइन
समाजभन्दा फरक नै मैले के गरेको छु र ?
हर रात हर दिन जो समाज भएको काम त हो
म त्यसभन्दा फरक नै के गरेको छु र ?
के म यो समाजभन्दा पर त छ्रैन नि
समाजकै कोही व्यक्तिको प्यास मेटाएको छु
त्यही प्यास मेटाए वापत केही रकम थापेको छु
जो समाजमा दिनहुँ कोठा बन्दमा भएको काम गरेको छु

म जेगर्दै छु आफानो बाध्यताले गर्दै छु
विच वजारमा आफू वेचइनमा राखेको छु
मेरो शरीर छोउन लालयित भएर आउनेहरू
मेरो तनसँग प्यास मेटाउनेहरू
यही समाजिक तत्व होइन र ?
अनि फेरि म मात्रलाई किन वेश्याको उपमा
उपमा दिन्छौ भन्ने देऊ उपमा त्यसलाई पनि
जो मेरा तनसँग खेल्न आए
घरमा जाहान परिवार छाडदै मेरोमा सुन्दरता पाए

तिमी उसलाई वेश्या भन्न सक्दैनौ
किनकि कमजोरहरूको आलोचना हुन्छ
म त कमजोर वर्ग हु
म तिम्रो खिलाप जान सक्दिन
तर मेरो तनसँग खेल्ने विरुद्ध वेश्या भन्न चुनौती छ
त्यो तिमीमा खप्ने सक्ने क्षमता छैन

त्याहा तिमी स्वंम पनि पर्न सक्छौ
तिमी पनि एक स्त्रीमा समपर्ण पनमा छैनौ
मितिलाई पनि पर स्त्रीको चाहछ
भित्री दवाएर राखेका छौ

यदि तिमीसँग आँखा छ भने
हेर त्यो समाजमा
प्रत्येक घर र आगनमा
म जस्तै खेल भइरहेको छ
म पेट र बाध्यताले नागिएको छु
तर हेर मोज मस्तिका लागि नागिरहेका छ
तर तिम्रो आँखाँले मलाई मात्र देख्छौ
मलाई हेर्ने आँखा नै वेश्या भए जस्तो छ
तिमी जीवन वरपर नै नागोपन घुमिरहेकोछ

आँखा छ भने फेरि नियाली हेर त्यो समाजलाई
जाहा तिमी उभिएका छौ
मलाई परपुरुषको सम्बन्धको कारण वेश्या भनेका हौ भने
खोज एक पल्ट तिमी भित्र र तिम्रा समाज भित्र
के एक एक विचको सम्बन्धमा समर्पित छ
के एकसँगको सम्बन्धबाट सन्तुष्ट छ
अनि तिमी पाउने छै समाज भित्र नै वेश्या
घोषणा गर्नृ पर्ने छ स्वयलाई पनि

यदि मैले धाम र पैसाको कारण मलाई वेश्या भन्छौ भने
नियाल आफनो त्यो घरलाई
जाहा समाजिक ब्यबस्था अनुसार किनिएर आउछ
अनि एक कोठीमा हरेक रात त्यही लिला हुन्छ
जो एक वेश्याले गरिन्छ भन्छ
के एक पटक लगाईएको लागनीमा
जीवन भर लिलामी हुनुलाई के भन्छौ र ?
तर म त केवल एक रातलाई लिलाम गरेको हुन्छ
म ठुलो वेश्या कि अरु होला ?
तर म घृणित व्यश्या होइन
समाजले ठम्याईएको घृणित पात्र होइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *