तिम्रै यौवनताबाट उठेको थियो त्यो बासना
त्यही बासनाको पछि पछि आफूलाई डोर्याइरहे
तिम्रो त्यो बासनाले त झन झन तानदै गयो
म आफै पनि त्यसै बासनाको बाटोमा हराइरहे
कस्तो त्यो तिम्रो यौवनाको वासना
यो हृदयले पढनै नसकिने
तिम्रो पाइला पाइलामा नजरले नियाल्दा पनि
यो तनको धोको नै नमेट्ने
रुपसँगै उठेको जस्तो लाग्छ त्यो वासना
मन भरि खलबलि मचाई दिन्छ
शरीरको रौं रौं पनि तरंग पैदा गरी
सिंगो संसार नै भुलाई दिन्छ
आँखा हेरे आखैबाट छल्किने त्यो तिम्रो बासना
ओठले पनि गरिहरन्छ ईशारा
तिम्रै पछि पछि देखिन्छ खै किन हो
हिजो आज दुनिया सारा
कोही लुकी लुकी खोज्छन त्यो तिम्रो वासना
कोही मरिहत्य भई लुच्छन खोज्छ
कोही हिरा, मोती, सुन र चाँदीमा तौलन खोज्छ
कोही प्राण दिई दाजेर हेर्छ
नदेखीने त्यो वासनाले किन वेचैन बनाउछ
कुन दैवको हातले यो हृदय बहकाउछ ?
त्यो वासनाको सिकार हुनवाट
भन अब मलाई कसले बचाउछ ?
त्यही वासनाको पछि पछि लागेर
आफनोपन बिर्सिसकको छु
त्यो तिम्रो वासनालाई जान्न नसकेर
आफै वेकार बनाइसकेको छु
न त आकार देख्छु न त रंग देख्छु
तिम्रो त्यो वासनामा
फेरि पनि नजर तिमीमा परिरहदा
अनेकौ प्रश्न जन्म छ मनमा ।
