आसु न झार प्रिय केही दिनको लागि मात्र हो
म फेरि तिम्रै खाकमा खेल्न आई पुग्ने छु
त्यो खाडी देशबाट मिहेनत गरी कमएर
तिमीलाई सुनको चुरा ल्याई दिने छु
विना काम म कति दिन याहा बसिरहु
त्याहा त केही काम पक्कै पाउने छु
त्याही कामवाट कमाएर प्रिय
म तिम्रै निम्ति बचाएर पठाउने छु
तिम्रो र मेरो दुखको दिन विर्साउन लागि हो
दुख नमान प्रिय केही पछि पर्कि आउने छु
खाडी देशको चिनो लिई आउदा
सँगै बसेर तिम्रो न्यानो मायामा डुब्ने छु
