Skip to content

गयो मेरो दशै ऋण थपेर


सबलाई हास्दै आयो दशै घर आँगनमा
ओठमा मुस्कान छ दशैलाई विदा गरेर
मेरो दशै आयो आँगनमा साहुलाई लिएर
गयो मेरो दशै वर्ष भरिको ऋण थपेर

न खानु पर्ने मासु ऋण लिएर पनि किन्नै परयो
श्रीमती र लालावाला पनि मावाली जानै परयो
टीका दक्षिणा पनि खै केही नकेही दिनै परयो
यसै त्यसै गरेर यसपालीको दशैले पनि ऋण लगाएरै गयो

कर्मचारीको वोनस आउछ, दशै रमाईलो हुन्छ
लाहुरेहरू पो घर फर्के दशै सुनौलो बन्छ
छाक टार्न धौधौ हुने मिहनेती हात कति खिइन्छ
श्रीमती छोरा छोरीले अरुको दशैको तुलना गरिन्छ

वर्ष दिनको दशैमा एक सर्राे सारी नदिने नामर्द पनि सुने
आँखाको आसुँ, हृदयको डाको सहन सक्ने गरी थुने
नामर्द बन्नुभन्दा ऋणै गरी दशै टारे
गरिवीले बनेको अँधेरो बस्तीमा खुशीको दिप वाले

पल भरमै गयो दशैकोे खुशीयाली निभिएर
पेलीन पर्ने भयो अब मेलै ऋणको भारी बोकेर
सवकोलागि आए दशै हासी र खुशी वाहर बनेर
कस्तो अभागी जीवन मेरो हास्नु पर्छ भित्री मन रोएर ?

मनले भन्छ अब, नआऊ दशै ऋणको भार बोकेर
सुखको नाममा गरिवको घरमा कलह लिएर
जाऊ कर्मचारीकै आँगन थप माथि थप बोनस बनेर
मुस्किल छ जिउन मेरो जीवन दिनभरि काम गरेर

Leave a Reply

Your email address will not be published. Required fields are marked *