Skip to content

कथा जस्तो होईन जीवन


कथा जस्तो होईन जीवन सजिलै टुगिने
पात्रको भाव शब्द र सम्वाद गरेर निचोडिने
शब्दको खेल होईन जीवन पुस्तक भई लेखिने
शव्दको रटान होईन जीवन पर्यावाची भई बोलिने

हाँसो र रोदन जीवनको भाव बुझनलाई कठिन छ
फुल्ने फूल दिईने सुभास छुटयाउन मुस्किल छ
प्रत्येक सास संगै चल्ने जीवन कसरी बुझनु ?
शब्दलाई गर्वमा राख्ने साहसलाई कसरी नापनु ?

कहि ढुगाँ झै देखिने जीवन कहि पानी झै तरल बन्दछ
प्रेमको डुगाँ चढी दुनिया भर रसपान गर्दछ
हावामा प्राण लुकाई कहि जीवनदान दिन्दछ
दुइ कनको विचमा उभिएर कहि सम्बाद गर्दछ

रसको पुर्णता, शब्दको व्यापकता जीवनमा पाईन्छ
स्वयको पहिचान आत्माको दान जीवनलाई भनिन्छ
अनु भन्दा सानो किरण भन्दा तेज जीवनको किरण
स्वयंमा नै लुकेको छ वाहिर छैन अर्काे जीवन

Leave a Reply

Your email address will not be published. Required fields are marked *