Skip to content

जय शब्द जय साहित्य


विन्दु विन्दु मिलाउदै गए
एउटा सुन्दर अक्षर बन्यो
अक्षर अक्षर जोडदै गए
अर्थ दिने एउटा शब्द बन्यो
शब्द शब्द पनि जोडदै गए
केही सन्देश दिने वाक्य बन्यो
वाक्यलाई नरोकेरै निरन्तर गए
सुन्दर अनुच्छेदहरू बन्दै गयो
अनुच्छेदको संयोजनबाट एउटा आकार लिए
त्यही आकारमा मैले अनुभव पनि मिसायो
मसँग थोरै भएको प्राकृतिक चेतना पनि मिसाए
अनि शब्द शब्दहरूमा मिसिदै गयो
मेरो अनुभव र चेतनाबाट परिवर्तनको भाव बताए
त्यही भावमा शब्द शब्दमा आफूलाई राखे
कविता, कथा र पुस्तक पनि लेख्दै गए
शब्द, शिर्षकभन्दा पनि आफूलाई भावमा जीवित राखे

मेरो शब्दहरू पाठकसम्म पुगे
विन्दु नदेखिने गर्दै अक्षर पछि शब्द शब्द पढे
उनले पनि आफनो अनुभव मिसाए
शब्दको भावमा आफनो चेतनाको स्तर मिसाए
लेखन्तेको भावभन्दा आफ्ना भावलाई घुसाउन थाले
तर्क वितर्कमा पनि आफ्ना भाव मिसाए
मैले आफूलाई सागुरिदै गएको पाउन थाले
शिर्षक र नाम त मेरै रहयो
तर मैले राखिएको भाव मेटियो
पुस्तकर रहियो आकार रहियो
मैले परिवर्तण गर्ने चाह हटियो
मेरा शब्द र वाक्यहरू विलौना गर्छ
शब्दको अर्थ अनर्थ दिइरहन्छ
भाव विहिन साहित्यहरू दोडिरहन्छ
म कलमलाई अनुच्छेद बनाउनबाट रुक्छ
मेरा कलम वाक्य हुदै शब्दमा जान्छ
र शब्द नै साहित्य हुन
साहित्य नै मार्ग भनी गनथन गर्न थाल्छ
म विन्दुमा गई रुक्न पुग्छु
अनि शब्दको स्रोत विन्दुलाई भेटछु
र भावको श्रोत अनुभवलाई स्मरण गछु
अनुभववाट सिकाके केही पललाई
परिवर्तणको निम्ति संक्लप गर्छु

शब्द पनि पानी जस्तै कन्चन हुन्छ
शब्दको सागर पुस्तक भए पनि
शब्दको श्रोत अनुभव र चेतना
अन ियथार्थको खोजमा म भौतारिरहेको छु
शब्द र अर्थको पृष्टभूमि भित्र प्रवेश गरी
त्याहि सुन्दर वातावरण निर्मार्न गर्न चाहन्छु
लिईएको संकल्प अनि जीवन्त भावलाई
समेटदै मानव कल्याणमा हिडिरहन्छु
मानव कल्याण अनि सार्थक जीवनको लागि
म देखिरहेको छु शब्दको प्रयोग
अनि साहित्यको लहर
अनि म पुनः गौरबान्ति हुन्छु
कहि कतै दुरप्रयोग भएको पाउदा
दुखी हुन्छ मन तर
दुखलाई छिचोल्दै खुशिले फुल्छ यो मन
अनि अन्यास हृदयले पुकार गर्छ
हृदयबाट निस्किएको भाव फेरि
एक पल्ट नायाँ शब्दको चयन गर्दै आउछ
जय शब्द, जय साहित्य..
यही दोहराइरहन्छ निरन्तर
जय शब्द जय साहित्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *