ओटको पहिलो–पान, आँमाको काख फर्खेर आउदैन
गर्भसँगै पाएको साइनो खोजेर कहीं कसैले पाउदैन
आँमाको सास स्पर्ष विहीन हात जीवन बन्दैन
नहरे आमा नरहे ममता संसार चल्दैन
पहिलो पाईला उचाल्छे सन्तान आमाको काखमा
मातृत्व भाव पाइन्न किन्न लाखौ लाखमा
फुलको सुभाषले विन्ति गर्छे आँमाको काखमा
सूर्यको किरण शिर निहुराउछे आँमा चरणमा
स्नेहकी धनी प्रेम पुजारी आमाको विशेषता
हृदय भित्र ममतामय भावले लेख्दो हो कविता
देखिन्न शब्द देखिन्न छन्द पाइन्छ ममता
आँमाको काख सवलाई प्यारो छैन असमान्ता
प्राण प्यारी आमाको वर्णन गरी लेखिन्छ लाखौ कविता
आँमाको स्नेह रही नै रहन्छ तोडिगए नि नाता
यौवनको जोशमा विर्सन्छ जन्मभूमि विर्सन्छ जन्मदाता
आँमा स्मरण गराउने दिन घुमेर आउछ यसता
आँमा मेरी टाढा रहेनी सुनिदेऊ विन्ति भाव
अंश लुकेको पाउछु जीवनामा छ हजुरको स्वभाव
जानेर कहिल्यै हुने छैन आमा प्रति दुरभाव
हजुर चरण छुन पाँउ मेटिन्छ सव अभाव
