Skip to content

आफनै घर जलेको सपना


निन्द्रोको त्यो पल
स्वाचेतनाहरूले विश्राम लिएको त्यो क्षण
सपनाहरू बनेर कहिले काही थरी थरी बनेर आउछ
तर बितेको दिन अचम्मैकै सपना देखे
आफनै घर जलेको कस्तो सपना देखे
घरको दक्षिण भागवाट आगे लागेको देखे
घरको दक्षिणबाट सल्किएको आगो
पश्चिम सीमासँगै घर आधा क्ल्चो खरानी बनायो
कोही पनि छैन्न निभाउनलाई तयार छैन
कस्तो यो आई लाग्दो सपना ?
म निद्रामा पनि देख्न सकिन आफनो घर जलेको
म विउझन पुगे, थयुईया कस्तो सपना देखे
अनि दश औला जोडदै विन्ती गरे
हे प्रभु नजलियो मेरो घर
यो सपना मात्र सीमित रहोस
सपना कहिले पनि विपना नवनोस

मेरो आँखामा निन्द्र अँझै परेन
कसले मेरो घरमा आगो लाउन खोज्दै हुन चिन्ता बढिरहयो
छिमेकी वैरीले आगो सल्काए हो कि
मेरो अमूल्य रतन खोस्नलाई
पछाडि बसेर मेरो पिठमा छुरा प्रहार गर्न खोजेका हुन कि
फेरि मन समहालिएर राख्न खोजछु
होइन यी सपना पो हो काहाँ सत्य हुन्छ र ?
तर सपना नै भए पनि डर त हुदो रैछ
जन्मभूमि जलेको काहा देख्न सकिन्छ र ?
म छटपटाइरहे आफनै ओछयानमा
अनि अर्को निद्राको पर्खाईमा

केही वेर पछि सपना हराएछु
फेरि अर्को सपना देख्न पुगेछु मैले
एउटा गोरु गाडा केही तान्दै आइरहे
गडामा निकै वस्तुहरू र मान्छेहरूको भार देखिन्थ्ये
पुर्वबाट पश्चिम गइरहेको गोरु गढाको यात्रामा
अचानक एक खोला देखियो
कठै उतर छेउको गोरु खोलामा खस्न पुगे
अनि दक्षिणको एक नासले हेरिरहे
खोलाको त्यो विचमा निकै गहिरो भवरीले (बालुवाको गहिराई)
कठै निकै गहिराईमा पुरयाई दियो
निस्कने कुनै सम्भावना नै देखिएन
गाढामा रहेका हरेक समान अनि ब्यक्ति त्यहिरहिरहे
म पुनः एकासी विउझे अनि ओछयानमा वसे
कस्तो सपना मैले आज देख्दै छु

म सोचन थाले, निकै गम्भिर भएर
पहिलो सपना आफनै घरमा आगो लागेको
अर्को सपना खोलामा नर्फकने गरी गोरीगाढाबाट खसेको
म अँझ संशकित भए कतै मेरो देश र नेतालाई अंकित त होइन
म फेरि विनम्रता साथ प्रकृति रुपी ईश्वर सम्पर्ण गर्न पुगे
हे प्रभु सपना नै रहोस
विपनामा मेरो घरमा यसरी आगो नलागोस
मेरो सुन्दर घरमा रहेको अमूल्य रतनहरू जलेर खरानी हुनेछ
गल्ती जो जस्वाट भए पनि क्षमाको वाटो देखाऊ
अनिष्ट कष्ट प्रद समय आउनवाट हामीलाई जोगाऊ
एक दुई ब्यक्तिको कारण हाम्रो मातृभूमि नजलाऊ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *