बजाउनै जानिएन आफ्नै हृदयको तार
जिउन पनि जिए केवल सदैव हतार हतार
हृदयको संगित छोडी भौतारिरहे सारा संसार
सिद्धान्तमै जीवन खोजीरहे छोडेर घर ब्यवहार
ज्ञानले जीवन सृगार्नु पर्छ जानेर स्वआत्मा ज्ञान
स्वयंको वलमा जीवन जिउनु बनाई नवपहिचान
फुल्दैन फूल, दिदैन सुभाष, हुदैन सुनौलो विहान
आफनै जीवन बोझ बन्छ गरे दिनदुखीलाई अपमान
संसार जानिन्छ स्वआत्मालाई नै जानेर
ज्ञानगंगा तरिन्छ प्रकृतिक भावलाई बुझेर
हृदयको गीत गुन्जन्छ आत्माको तारलाई छोएर
इश्वरले हेर्ने गर्छ मानवताको भित्री आखाले नियालेर
आधा जीवन वितेर गयो अरुकै संसार खोत्लदै
आत्माको खोज भन्दा अरुकै चर्चा परिचर्चा गर्दै
जीवनलाई राम्रो बनाउन सपनीको संसार एकएक बुन्दै
आत्मालाई गौण बनाई तन अनि मनको बाटो हिडदै
मनको अन्तिम गराईराईबाट आत्मालाई जानिदो रहेछ
आत्माको गहिराईबाट सत्यको जागरण पाईदो रहेछ
चित्तआत्माको बोद्धवाटै संगितको स्वर लहराउदो रहेछ
जीवनको सार प्रकृतिको अपार आत्मकै बाटो पाउदो रहेछ
आत्मोका गीत सुन्न सके जीवनको गीत सुनिन्छ
इश्वरको अंश त्यसै गीतमा मिसिएको पाईन्छ
आत्माको बोध विना हृदयको गीत पनि ब्यर्थ कहलिन्छ
सत्य विनाको जीवन नर्क तुल्य भईन्छ ।
