Skip to content

कर्मको डोरी नतोडनु कहिलै


कर्मले रेखा कोर्दै जाऊ यो मानव लोकमा
सचेतना जगाउ तिमीले हरेक दुख र कष्टमा
ज्ञान नै मित्र हुन्छ तिम्रो मानव जीवनमा
सत्य र धर्म जोगाई राख हरेक अभावमा

कर्मको रेखा मेटिन्छ खोज्ला परे है लोभमा
सत्य पनि एकलो बन्छ ज्ञानको अभावमा
देखाउन सत्य न खोजनु अज्ञानी मानवलाई
तिम्रो अन्तय गर्ने छ पहिले आफूलाई जिउनलाई

सत्यको स्रोत ज्ञान हो भन्छ तिमीले बुझनु
ज्ञानको स्रोत आत्मा नै हुन्छ मानवमै खोज्नु
आत्माको ज्ञानले सत्य खोज्छ हुनेछ पहिचान
सत्यको द्धार खुल्ने छ एक दिन भएर सुनौले विहान

बाटो वर पर तिमीले कर्मलाई खोज्नु
ज्ञानको निम्ति दुख र अभाव तिमीले रोजनु
कडा मिहनेत ज्ञानका लागि गरिन्छ साधना
ज्ञान नै तिम्रो सवथोक हुन्छ कोही छैन आफ्ना

ज्ञानको वाटो खोज्न तिमी सदकर्म रचनु
दुखी र पिडित देखदा आफैलाई सम्झनु
सफलता पाउन तिमीले सदैव केही त नगर्नु
कर्मलाई गघि सारेर तिमीले फललाई न सोधनु

कर्मको बाटो भएर आउछ हरेक त्यो फल
जन्न सकछौ जानेर पिउनु हृदयको स्वच्छ त्यो जल
एकाग्र भई कर्मको अध्ययन आफैले गर्नु
पाएको ज्ञान मानवकै निम्ति तिमीले छर्नु

शान्तिको विउ ज्ञान नै हुन्छ हुदैन अरु थोक
ज्ञानले चिन्दछ दरिद्र मन, अभाव र भोक
भोकको रसमा डुवनेलाई पाउदछ स्वर्गमय आन्नद
कविको भावमा साहित्य फुटछ बनेर नया छन्द

कर्मको डोरी नतोडनु कहिलै नहुनु निरास
अज्ञातमय शक्ति प्रकृति सत्य गर्नु विश्वास
विकेक फिजाई विश्वास तौली यात्रा नरोकनु
प्रकृति पूजा ह्ददयबाट तिमीले नरोक्नु

Leave a Reply

Your email address will not be published. Required fields are marked *