सुन्दर र आकषर्ण देखिएको हाम्रो माया
हिजो आज ओइलिएको फूल जस्तै भयो
न शिरमा सजाउने
न मन्दिरमा चढाउने
आकर्षण भित्र ओइलिएको भाव जस्तो
निराशता र विवशताको भाव जस्तो
कति निर्दयी बनेर हावा हुरी आयो
खुशी र हासो सबै भताभुंग गरेर गयो
फूल जस्तै पक्रिएको माया कुन बैरीको नजर लाग्यो ?
अन्यासै फर्कन खोज्दै गर्दा चुडिन परयो
जलिरहेको मन लिई यात्रा गरिरहन परयो
नफर्कन पाउदै फूल ओइलिन भुईमा झरयो
हृदयको त्यो मायाको तार पनि खै कस्ले तोडी छाडयो
मालीको मायालु आँखा पनि शंकालु जस्तै बन्यो
आफनै छाया बन्ने श्रोत पनि हराएर अन्तै गयो
हाम्रो माया ओइलिएको फूल जस्तै भयो
यौवनकाल त्यो रंग फेर्न खोजे जस्तै थियो
नविनता र सृजनशिलतालाई बुन्न खोज्दै थियो
तर विडम्वना जस्तै भयो
तिम्रो माया र मेरा माया दुई किनार विचको माझी बन्यो
एकले अर्को वाटो पर्कने बटुवा बनिरहयो
कहिले नफर्कने काल गति झै समय बन्यो
थुंगा थुगा मिली सजिएको माला बनि शिर चढन चाहेको थिए
प्रेमको माला लिएर संसार जित्छु चाहेको थिए
तर मिसिएको निरश प्रेम भावले निराश बनाएर गयो
आफन्तको कैचिबाट प्रेमको धागो काटिन पुगयो
कोमता झै फुलेको हाम्रो माया अधुरो भइरहयो
निश्चल प्रेम भावहरू अन्यासै पोखिरहयो
हिजो आज बोटविहिन फूल बनेर बसिरहयो
कस्तो दिन आयो सुगन्ध पनि हराउदै गयो ।
