Skip to content

होम सुवेदी

स्वर्गमा केही कविहरुका गनगन

(केही हास्य कविताका टुक्राहरु)
विष्णु नवीनः
प्रकृति पनि कति पापी
सुन दियो, नुन दियो
घाम दियो जुन दियो
खानी दियो पानी दियो
हरिभक्तेलाई पनि दियो
हामी आमाबाबुलाई नानी दियो
धेरैलाई धेरै थोक दिएर पनि
गरिबलाई अघाउँजी किन माड दिएन
म जस्ता जँड्याहालाई
छाद्ने पाध्ने गरी किन जाँड दिएन ?

अर्द्धघडाहरुको जीवन परिभाषा

भन्छन् अर्द्ध घडाहरु सहजले संघर्ष हो जीवन
अर्काे पल्ट कथुर्दछन् तिनीहरु सौभाग्य हो जीवन
यस्ता अर्द्ध घडाहरु जीवनको मैदानमा कुद्दछन्
थाप्लामा जब पर्छ आँधि तिनले मात्रै कुरा बुझ्दछन् ।

केही खन्चुवाहरू

मेरी पूज्या स्वर्गीय माताश्रीका अनुसार खन्चुवाहरूका उदाहरण यो दुनियाँमा मनग्गे छन् । उहाँ सबैभन्दा बढी खन्चुवाको उदाहरण दिनुपर्दा अगस्ति नै हो भनेर ठोकुवा गर्दै भन्नुहुन्छ । तर अगस्ति ऋषिले समुद्र सुकाएरै तरल पदार्थ धोक्र्याए पनि ठोस पदार्थ त्यसरी बुत्याएको कुरा देखिँदैन । तैपनि उहाँ बढी खाने खन्चुवाहरूलाई उसको अघिपछि कुनै बेला कस्तो अगस्तिरहेछ भन्नुहुन्छ । उहाँ अँझै भन्नुहुन्छ– ‘ताप्लेजुङ् अथवा पाँचथर कताको हो एक जना मान्छे एक पाथी चामलको भात, एक ठेकी दही, एक कराही दाल र अचारसँग हसुरेर हिंडेको ७ दिन लाग्ने बिजनबारीबाट केही नखाई १ मुरी नून बोकेर आइपुग्थ्यो अरे ।

शान्तिपाठ (गाइजात्रालाइ समर्पित) ” वेदपाठको शैलीमा पढ्नु पर्ने”

हरि ही ओम
देशै गयो भेसै गयो
सबैतिर भाँडभैलो भयो
राम्रो होला भन्ने केही आसै रहेन
अब फटाहाहरुको भरै भएन ।
यो देशमा हामी जनतालाई
बाउन्न सालदेखि यताहा
सुखशान्तिसँग बस्नै दिएन गरिखानै दिएन ।

जुँगे बाको लठ्यौरोलाई कन्या चाहियो

केही वर्षदेखि यता नेपालबाट विदेशतिर जाने लहर नै चलेको छ । सके अमेरिकै जाने र नसके खाडीका मुलुकमा समेत जानै पर्ने मान्यताको विकास भएको छ । गाउँका युवा जति सबै विदेशमा पुगेर गाउँहरु बुढाबुढीहरु मात्र भएका खबर सुन्न पाइन्छ । मेरै गाउँबाट पनि ३०० भन्दा बढी युवाहरु अहिले विदेशमा छन् । कार्की बुढाको निधनमा हामी बुढाहरु मात्र मलामी थियौं । यसैबाट प्रमाण पुग्छ नेपाल अब बुढाहरुको हो । सलक्क परेको निख्खर युवा मात्र नभई अहिले ता अलिक खुनी, लुला, अन्ध, अपाङ्गहरु पनि पो विदेशकै दाउमा छन् । के मिलाएर हो कुन्नि गइरहेका पनि छन् । अमेरिकामा चिठ्ठा पारेर बर्सेनी वैध रुपमा उतैतिर बसाइँ सर्नेहरुको संख्या कम छैन । युवाविहीन देशका रुपमा हामी परिचित भइरहेको कुरा कसैलाई सुनाउन मन छैन । कुनै पनि दक्षता भएको युवा अब नेपालमा रहेन चाहे त्यो लाटो गाँडो नै किन नहोस् विदेशतिर छिर्यो ।

‘थेमस्को किनारमा कोशीको सम्झना’ का कविताहरुको मूल्य र मर्म

‘थेमस्को किनारमा कोशीको सम्झना’ यो कवि वासु शर्मा (वि.सं २०१६) को कवितासङ्ग्रहको नाम हो । यसमा ४७ ओटा लामा छोटा कविताहरु जम्मा गरिएका छन् । यसमा समेटिएका कविताहरु नेपाली लोक लय, गजल र गद्य लयको बान्कीमा निर्मित भएका छन् । यस कृतिमा समावेश भएको सबैभन्दा लामो कविता ‘देश रोएको बेला’ (८५ हरफ) र सबै भन्दा छोटो आकारको कविता ‘घायल मुटु’, (१२ हरफ) देखिएको छ । अरु कविताहरु सालाखाला आकार र आयाममा रचिएका छन् । खास गरी यसभित्रका कविताहरुमा षोडष पदी कविताहरु बढी छन् । यसैले यहाँका सबै कविताहरु मुक्तकीय बान्कीमा छैनन् जो आजको नेपाली कविताको फाँटमा छताछुल्ल छन् । यसैले यस संग्रहका कविताहरु मझौला फुट्कर ढाँचामा लेखिएका छन् भनेर किटान गर्दा फरक पर्दैन ।

घर बहाल करमाथिको खाेजी

घर बहाल कर लिन सकिएला ??
केही दिन अघि अर्थमन्त्री रामशरण महतले कर नतिर्नेहरुका सम्बन्धमा निकै कडा कुरा बोलेको सुनिएको छ । सरकारी जागिर खाएर कर नतिर्नेलाई कडा कारबाही गर्ने कुरा उनले गरेको बुझियो । पान नम्बर सबैले लिनु पर्ने कुरा पनि सुनियो । कुरा अत्यन्तै प्रशंंसनीय हो । सरकारी नोकरी गर्नेले कर तिर्दैन भन्नु उचित देखिन्न । उसको तलबी बिलमै कर काटिएपछि कसरी धर पाउँछ नतिरेर । तर मन्त्रीज्यूले एक कुरा बुझ्नु आवश्यक छ ।

म छोराबुहारीको निम्तोमा विदेश गइनँ

नेपालीहरूका छोराछोरी उहिलेदेखि नै विदेशतिर जान मन गर्दै आएका हुन् र गएका पनि हुन् । कुनै बेला पहिलो विश्वयुद्ध र कुनै बेला दोस्रो विश्वयुद्धका लागि गए । उस बेलाको कुरा बेग्लै थियो जति मरे ती सबै सहिद हुन्थे आजभोलि भएको भए । तर उतिबेला को कता मर्यो कता पर्यो कसैलाई वास्ता नै भएन । केही जोधाहा र मुढे बलशालीहरूले खुकुरीले केही विरोधीहरूलाई गिंडेका कारण भिक्टोरिया क्रस पनि पाएका हुन् । उनीहरू आफ्ना लागि गएका थिएनन् । अर्काको लागि गएका थिए ।

स्वर्गमा केही कविहरुका गनगन

(केही हास्य कविताका टुक्राहरु)
विष्णु नवीनः
प्रकृति पनि कति पापी
सुन दियो, नुन दियो
घाम दियो जुन दियो
खानी दियो पानी दियो
स्वास्नी हामी आमाबाबुलाई नानी दियो
धेरैलाई धेरै थोक दिएर पनि
गरिबलाई अघाउँजी किन माड दिएन
म जस्ता जँड्याहालाई
छाद्ने गरी किन जाँड दिएन ?

बुढेसकालको ग्राम्य अनुराग

पैलो रुवाइ यही ठाउँ मेरो पैलो हँसाइ यही ठाउँ मेरो
थियो यही ठाउँ पहाड भित्र यै जन्मको ठाउँ रहेछ मेरो ।।

यै गाउँको शुद्ध पिएर पानी हुँदै गयो झर्झर जिन्दगानी ।।
सन्तोषले बालककाल काटें युवासँगै बालकककाल साटें ।

आषाढस्य प्रथम दिवसे

वेलै नआई किन गर्मी आयो वैशाखभित्र्रै किन जेठ आयो ।
वैशाखको अन्त हुनै नपाई नकच्चरो जेठ घुसेर आयो ।।

वसन्त लाग्यो जब अन्त अन्त उस्कै थियो राज्य यहाँ अनन्त
गर्मीसँगै यस्तरी जेठ आयो मानौ यहाँ जिन्दगी नै हरायो ।

उराठ लाग्दो पृथिवी भएछ अँगेटी झैं जेठ हुँदो रहेछ
चिसो सबे माथितिरै गएछ यो जेठ मानौं ननिको रहेछ ।

दिवास्वप्न

पञ्चाग्नि झै‌ ताप छ सूर्यबाट
बिलाउँदै गो मनभित्र आँट
शरीरमा पानी सबै सुकेर
मरिन्छ भन्ने अब हुन्छ छाँट ।।

अाकाश तातो पृथिवी छ तातो
बाटो र घाटो अझ उग्र तातो
यहाँ कतै शीतल भन्नु छैन
तातो भयो कि तब जान्छ सातो ।।

सपना

सपना पनि कस्तो हाे देखेको
लगभग लाखौ‌ विद्यार्थीले
चालिस वर्षअघिदेखि
होम सर होम सर हाेम सर हाेम सर
भनेको सुन्दा सुन्दा
कानै भरि होम सरमा गुन्जाएको रहेछु
अनि मैले आफै‌लाइ
हाेम सरमा अनुवाद गरेको रहेछु
त्यही सपनामा अहिले कति साथीहरुले
हाेमजी हाेमजी भनेको सुन्दा
हाेमजीतिर रुपान्तरित हुन प्रयत्न गरिहेछु
बेला पनि अब ता भइसक्न लाग्यो
नमानी नमानी पनि
हाेम सरबाट
हाेमजी तिर सर्ने उद्योग गरिरकेको छु ।
सपना पनि कस्तो हो
छक्क परिरहेकाे छु ।

काउन्टरको रसिद बुक

यस्ता कर्मचारी थिए उनी जो जीवनभरि एकै कार्यालयमा निवृत्त हुनु पर्ने नियति बोकेको होस्, जो कसैको चाकरी नगरी, बेइमानी नगरी र सादा जीवनमा जीवनलाई भोगचलन गरिरहेको होस् । जुनसुकै इमान्दार कर्मचारीका अनुहारमा देखिएझैं उनका अनुहारमा पनि दुःखी र निम्छरोपन देखिन्थ्यो । दारी पनि हतपत काट्दैनथे, लुगा पनि मैलाधैला लाउँथे । सधैं हतार हतार गरेर कार्यालयमा जानु पर्दा सफासुघरमा उति वास्ता गर्दैनथे । वास्ता हुन्थ्यो उनलाई समयमा कार्यालयमा पुग्ने । सधैं झैं उनी समयमा कार्यालयमा आइपुग्थे र नयाँ रसिदका केही बुक र ग्राहकको नाम भएका केही ठेली लिएर लाग्थे काउन्टरतिर । अफिसका बाहिर महसुल बुझाउन आएका ग्राहकको घुँइचो लाग्नु अघि नै उनी काउन्टरको टेबुलमा तयारी भएर बस्थे । उनको दैनिकी नै यही थियो ।

पत्र

सि‌खडाज्यू मलाइ एउटा लेख युनिकोडबाट प्रीतीमा परिवर्तन गर्नु परेको छ । अनि आवश्यक पनि छ । कृपया उपाय दिनु होला । कसरी यसलाइ त्यसो गरिन्छ लिङ्क दिएर सहयोग गरिदिनुहोला म अााशावादी छु । धन्यवाद । तपाईँको होम सुवेदी ।

भानुभक्तबारे केही लेख्न सकिनँ भन्दाभन्दै केही लेखिएछ

चूडानाथ भट्टराईले नाम दिएको सांख्यिकी अर्थात् कम्प्युटरले मेरा धेरै कुरा खाइदिएको छ । तीन ओटा जति किताबै खाइदियो यसले । लेखहरुको ता हिसाबै भएन । यसले उहिल्यैदेखि खान थालेको हो । अघाउने छाँट छैन । उसको खान्कीले यस बाजि पनि मेरो भुर्नहत्ते नै गरिदियो । मैले उसको थाप्लामा थन्क्याएका सामग्रीहरु भुुसुक्कै खाइछिरद्दडरद्दण्ज्ञद्धदयो यस बाजि पनि । मानौ मेरो कम्युटरलाई सधैं सधैं ब्रेनट्युमरले गाँजिरहेको छ अनि म भने उसको उपचार गरेर कसै गरी उसलाई जीवित गरिहेको छु । त्यसरी उपचार गरेपछि ऊ केही मैनाका लागि बिउँझन्छ, मानौं सद्दे हुन्छ,, उसको सद्दे अवस्थामा उसको दीर्घ रोगको छ भन्ने बारेमा म भुसुक्क हुन्छु ।

मैले आफ्नै देश हराएँ

वर्तमानमा अाफ्नै देशकाे सपना देख्तै थिएँ
कता कता भविष्र्यको आफ्नै देशमा हराएँ
त्यताको हालत देखेर तिन चित खाएँ
बरु सपनाकाे देशमा
केही युवायुवतीहरु पसिना बगाइरहेका थिए
त्यो भविष्यको आफ्नै बिपनाकाे देश ता
युवायुवतीहरु विहीन भएको मात्र पाएँ ।
म ता आफ्नै देशमा हराएँ ।
मैले आफ्नै देश हराएँ ।

अन्तिम किस्ता

यादवजीले सुरुसुरुमा कल्पनाबाट कुनै किसिमको किस्ताबन्दीको आसा गरेका थिएनन् । उनी ता कसरी हुन्छ त्यसबाट छुट्काराको आसामा थिए । जानी नजानी कल्पनाका साथ उनले जे बोले त्यसले उनैलाई अहिले पोल्न थालेको छ । ‘त्यस्ता धन्यवादले मात्र पुग्दैन’ भनेका थिए उनले– पछिल्लो पटक कल्पना आएको बेला तेस्रो किस्ताबन्दीमा । यो भनाइ उनैका लागि कुनै बेला एउटा घाँडो हुन सक्ने ठहर उनले गर्दै गरेनन् तत्काल । कल्पनालाई यादवजीका भनाइमा कानाले आँखो खोजेजस्तै भएको थियो । उनका त्यस भनाइको उत्तरमा कल्पनाले कत्ति पनि ढिलो नगरी तुरुन्तै भनेकी थिई— “म छँदै छु नि सर । हजुरले भन्नु प¥यो कल्पना हाजिर !!” यस कथनबाट कल्पनाका मनमा के थिय