होम सुवेदी
एस एम एसको मोह
केही वर्ष अघिसम्म पनि उनी टेलिभिजन, मोबायल, नेट आदिबाट छोरीछोरीलाई टाढै राख्नु पर्ने मान्यतामा थिए । तर आवश्यकताले उनलाई पनि च्यापेर ल्यायो । अनि छोराछोरी र आफूले समेत घरमा मोबालय, टेलिभजन आदिको जोहो गर्नै पर्यो । अचेल ता उनी कतै कसैलाई उपदेश दिनु पर्दा वा भाषण गर्दा टेलिभिजनबाट र मोबायलबाट पुग्ने फाइदा, यी वस्तुबाट हुने मनोरञ्जन र ज्ञानवद्र्धन आदिको कुरा पनि गर्न पछि पर्दैनन् । उनी पनि चाहाड पर्वहरूमा मोबायलबाट आफ्ना साथीहरू, संस्थाहरू र इष्टमित्रहरूलाई छोटा सन्देश (एसएमएस) पठाउँछन् ।
कथाकार डिल्लीराज नेपालको कथाकारिता
झापाको साहित्यिक समाजमा डिल्लीराज नेपाल (२०१५) को नाम सुपरिचित हो । यहाँको साहित्यिक समाजले डिल्लीराज नेपाललाई वर्णमात्रिक लयमा वा परम्परागत छन्दहरूमा कविता लेख्ने एक विशेष साधकका रूपमा निकै अघिदेखि चिन्दछन् । छन्दवादी कविका रूपमा यहाँ उनी मानसम्मान र पुरस्कारका हकदार समेत हुँदै सम्मानित तथा पुरस्कृत हुँदै आएका छन् । खास गरी उनको मूल सृजनक्षेत्र कविता विधा नै हो ।
मझेरीका साथीहरुसँग गुनासो
मलाइ यस साइटले निकै आकर्षित गरेको हो । यसको आकर्षण अहिले पनि म मनग्गे नै देख्छु तर यसका पाठकहरु र यसका उपयोगकर्ताहरुमा अरुको सामग्री कम पढ्ने र पढे पनि अरुका सामग्रीबारे कुनै प्रतिक्रिया नदिने गरेको पाएँ । साथीहरु यसभित्र प्रवेश गरेपछि यसका आफ्ना रुचिका विषयहरु पढौ र कमी बेसी बारे आफूले जानेसम्मको टीप्पणी पनि गरौ । मेरो सुझाव भयो । अन्यथा नलिनुहोला ।
हरायो खकार
सन्तशिरोमणि आचार्य खेमराज केशव सरणको अभिनन्दन ग्रन्थको विमोचनको कार्ययक्रममा समीक्षाका लागि मोटरसाइकलमा जाँदै गर्दा बाटोमा पासो थापेर सरस्वतीको नाममा चन्दा उठाइरहेका मुन्द्रेको डफ्फालाइ चन्दा दिइसकेपछि चार हरफ फुरेका थिए । ती यस्ता थिए
लू चन्दा उठाएर आफै डकार
नदीनेहरुलाइ सक्तो हकार
जसै साँझ पर्ला तिमी जानू बार
थुकौ भन्छु थुक्ने हरायो खकार ।।
शयनः नागपरिवारसँग
मान्छेहरूका रोमाञ्चक घटनाहरूको अध्ययन गर्न मलाई अहिले औधी मन पर्छ । मृत्युका मुखैबाट बचेका कतिपय घटनाहरू कसैले सुनाउँदा म अहिले पनि रोमाञ्चित हुने गर्छु । अँझ कसैका अनुभवहरू ता केही दिन र केही क्षण मृत्युका मुखमा मात्र नभई मृत्युका घरघरानमै पुगेर फर्किएको पनि सुनिएको छ । पढिएको पनि छ । यस्ता मृत्युवाट बाँचेर फर्किएका वा यो जस्तै उदेक लाग्दा अनेक थरीका यस्तै रोमाञ्चक कथा र घटनाहरू अनि यात्राका प्रसङ्गहरू पढ्न मन लाग्ने गर्छ कहिलेकाहीं । भेटिएका खण्डमा सासै नरोकी पढ्छु, यस्तै बानी छ ।
नेपाली लेखनको स्थिरतामा भएका केही उतारचढावहरू
नेपाली भाषाको लेखनलाई व्याकरणनिष्ठ बनाउँदै शुद्धाशुद्धीको ख्याल गरेर लेख्ने परम्पराको थालनी भएको पनि सय वर्ष नाघिसकेको कुरा जगजाहेर छ । सुब्बा वीरेन्द्र्र केशरी अर्यालले नेपाली भाषाको बेसरी नामक व्याकरण १९६३ सालमा लेखेका थिए । पछि प्रकाशित भएको भए पनि यसमा नेपाली भाषालाई निष्ठापूर्वक लेखिनु पर्ने कुराको जोड थियो । नेपाली भाषाको व्यारणको ऐतिहासिक थालनी यसैलाई बिन्दुलाई मान्ने गरिएको छ । यसै अवधिमा (१९६५) राममणि आचार्य दीक्षितले हलन्त बहिष्कार आन्दोलन नै चलाएका छन् ।
पहिलो किस्ता
यादव दाइ शिक्षा कार्यालयको उच्च पदका कर्मचारी हुन् । उनी अफिसको कर्मचारीहरूको दर्जामा हाकिमभन्दा थपक्कै पछिको दर्जामा पर्छन् । अफिसमा माथिकै दर्जाका भएर पनि घरमा भने उनी बिहानबिहानका भान्से मात्र हुन् । घरको व्यवस्थाअनुसार बिहानको खाना तया।र गर्ने पालो उनको हो । आज पनि समयमै उनी दाल, भात तरकारी पकाउँदै छन् । उनकी श्रीमती पनि जागिरे छिन् । तर तिनी भने बिहानीको सिफ्टकी जागिरे छिन् ।
