Skip to content

होम सुवेदी

भोक

तपाईंलाई पनि पेटको भोक लागेको होला
मलाई पनि उही भोक लागेको छ
हामीहरूबाट दिमागी भोक भागेको छ
बस पेटैको भोक मात्र जागेको छ ।
यसैले यो भोकको ताप मेटाउन
खाडीतिर हाम्रो लर्को लागेको छ

साम्सद ज्वाइँ

ऊ ज्वाइँ जाऊ
माथि छिटो जाऊ
मोज गर्न जाऊ
भोज गर्न जाऊ
तर मार्न जाऊ
जित्यौ यो चुनाउ
फेरि आयो दाउ
तिम्रो भयो भाउ
गाउँ खायौ आजसम्म
अब देश खाऊ ।

पूर्ण विराम

जीवन यात्रा पनि एक लेखन हो
त्यस लेखनमा तिमी अल्प विराम दि‌दै जाऊ
लेखन यात्राको बाटो लामो छ
त्यहाँ तिमी अर्द्धविराम दि‌दै जाऊ
जीवन यात्राम आश्चर्यका क्षणहरु आउँन सक्छन्
तिमी उद्गार चिन्ह दि‌दै जाऊ

एस एम एसको मोह

केही वर्ष अघिसम्म पनि उनी टेलिभिजन, मोबायल, नेट आदिबाट छोरीछोरीलाई टाढै राख्नु पर्ने मान्यतामा थिए । तर आवश्यकताले उनलाई पनि च्यापेर ल्यायो । अनि छोराछोरी र आफूले समेत घरमा मोबालय, टेलिभजन आदिको जोहो गर्नै पर्यो । अचेल ता उनी कतै कसैलाई उपदेश दिनु पर्दा वा भाषण गर्दा टेलिभिजनबाट र मोबायलबाट पुग्ने फाइदा, यी वस्तुबाट हुने मनोरञ्जन र ज्ञानवद्र्धन आदिको कुरा पनि गर्न पछि पर्दैनन् । उनी पनि चाहाड पर्वहरूमा मोबायलबाट आफ्ना साथीहरू, संस्थाहरू र इष्टमित्रहरूलाई छोटा सन्देश (एसएमएस) पठाउँछन् ।

कथाकार डिल्लीराज नेपालको कथाकारिता

झापाको साहित्यिक समाजमा डिल्लीराज नेपाल (२०१५) को नाम सुपरिचित हो । यहाँको साहित्यिक समाजले डिल्लीराज नेपाललाई वर्णमात्रिक लयमा वा परम्परागत छन्दहरूमा कविता लेख्ने एक विशेष साधकका रूपमा निकै अघिदेखि चिन्दछन् । छन्दवादी कविका रूपमा यहाँ उनी मानसम्मान र पुरस्कारका हकदार समेत हुँदै सम्मानित तथा पुरस्कृत हुँदै आएका छन् । खास गरी उनको मूल सृजनक्षेत्र कविता विधा नै हो ।

सांसद हराएको सूचना

सभापति महोदय,
हामीले पठाएको सांसद हरायो भन्ने सुनिन थालेको छ
सांसद करायो भन्ने सुनिन थालेको छ ।
चारै महिना अघि हामीले ता तहाँकोमा पठाएकै थियौं ।
ऊ त्यहीं कतै हुनु पर्ने हो !
कता गयो त हामीले चुनेर पठाएको सांसद ?
के भएछ त उसलाई ?

छन्दको तरङ्ग

यहाँ कला छ काव्यको यहाँ छटा छ भावको
यहाँ मजा छ सूरको यहाँ मिठास रागको ।
यहाँ मिलान तालको छ धुनको कला यहाँ
गलाहरु सुसाउँछन् कि छन्दका तरङ्गमा ।

मझेरीका साथीहरुसँग गुनासो

मलाइ यस साइटले निकै आकर्षित गरेको हो । यसको आकर्षण अहिले पनि म मनग्गे नै देख्छु तर यसका पाठकहरु र यसका उपयोगकर्ताहरुमा अरुको सामग्री कम पढ्ने र पढे पनि अरुका सामग्रीबारे कुनै प्रतिक्रिया नदिने गरेको पाएँ । साथीहरु यसभित्र प्रवेश गरेपछि यसका आफ्ना रुचिका विषयहरु पढौ‌ र कमी बेसी बारे आफूले जानेसम्मको टीप्पणी पनि गरौ‌ । मेरो सुझाव भयो । अन्यथा नलिनुहोला ।

सम्वादः यथार्थ लघुनाटक

(ठट्टामै एकजनासँग आज बिहानै प्रातःभ्रमणमा कुरा भए ।)

मः यी शिवभक्तहरूलाई किन चाहिएको गाँजा ?

साथीः उनीहरूको इष्टदेवलाई नै चाहिएपछि किन नचाहियोस् त !

जानकारी पाऊँ

नेपालि भासा र शाहीत्येमा इ कुरा अशल भयेन भन्ने मेरो तर्क छ ।

मैले माथिको वाक्य लेखेर तपाई‌को हिज्जे स‌शोधनबक्समा उपयोग गरे‌ तर तलको जस्तो मात्र भयो ।

नेपाली भासा र शाहीत्येमा इ कुरा अशल भयेन भन्ने मेरो तर्क छ ।

के मैले नजानेको कि शुद्धीकरणमा समस्या परेको हो जानकारी पाऊँ ।

रातको बतासमा

रातको बतासमा सुबास एक अल्झियो
तिम्रो सम्झना कतै गएर भित्र बल्झियो
रातको बतासमा …

कसोकसो कता कता उनै उनै कुराहरू
बिथोल्न थाल्दछन् सधैं छिरेर सम्झनाहरू
परेलीबाट आँसुको मुहान नै छचल्कियो
तिम्रो सम्झना कतै गएर भित्र बल्झियो
रातको बतासमा …

हरायो खकार

सन्तशिरोमणि आचार्य खेमराज केशव सरणको अभिनन्दन ग्रन्थको विमोचनको कार्ययक्रममा समीक्षाका लागि मोटरसाइकलमा जाँदै गर्दा बाटोमा पासो थापेर सरस्वतीको नाममा चन्दा उठाइरहेका मुन्द्रेको डफ्फालाइ चन्दा दिइसकेपछि चार हरफ फुरेका थिए । ती यस्ता थिए

लू चन्दा उठाएर आफै डकार
नदीनेहरुलाइ सक्तो हकार
जसै साँझ पर्ला तिमी जानू बार
थुकौ‌ भन्छु थुक्ने हरायो खकार ।।

दूधमा लेखिएको नाम

मेरो नाम दूधका मसीले लेख्छु भन्छ्यौ तिमी
जति नै कोसस गर तिमी
दुधको मसी हालेको कलमले दूधैमा लेखे पनि
त्यहाँ मेरो नाम कसै गरी लेखिदैन
लेखिए पनि केही देखि‌दैन
मेरो छातीलाई तिमी चट्टान भन्छ्यौ
लौ चट्टान नै भएँ अरे म ।

यो मेरो हो भन्ने पनि हुन्न (गीत)

यो मेरो हो भन्ने पनि हुन्न चासो
यो तेरो हो भन्ने पनि हुन्न चासो
यी आफ्ना र अर्का कुरै हुन् हराउँछन् ।
कसैले कसैलाई जसै मनपराउँछन् ।।

शयनः नागपरिवारसँग

मान्छेहरूका रोमाञ्चक घटनाहरूको अध्ययन गर्न मलाई अहिले औधी मन पर्छ । मृत्युका मुखैबाट बचेका कतिपय घटनाहरू कसैले सुनाउँदा म अहिले पनि रोमाञ्चित हुने गर्छु । अँझ कसैका अनुभवहरू ता केही दिन र केही क्षण मृत्युका मुखमा मात्र नभई मृत्युका घरघरानमै पुगेर फर्किएको पनि सुनिएको छ । पढिएको पनि छ । यस्ता मृत्युवाट बाँचेर फर्किएका वा यो जस्तै उदेक लाग्दा अनेक थरीका यस्तै रोमाञ्चक कथा र घटनाहरू अनि यात्राका प्रसङ्गहरू पढ्न मन लाग्ने गर्छ कहिलेकाहीं । भेटिएका खण्डमा सासै नरोकी पढ्छु, यस्तै बानी छ ।

नेपाली लेखनको स्थिरतामा भएका केही उतारचढावहरू

नेपाली भाषाको लेखनलाई व्याकरणनिष्ठ बनाउँदै शुद्धाशुद्धीको ख्याल गरेर लेख्ने परम्पराको थालनी भएको पनि सय वर्ष नाघिसकेको कुरा जगजाहेर छ । सुब्बा वीरेन्द्र्र केशरी अर्यालले नेपाली भाषाको बेसरी नामक व्याकरण १९६३ सालमा लेखेका थिए । पछि प्रकाशित भएको भए पनि यसमा नेपाली भाषालाई निष्ठापूर्वक लेखिनु पर्ने कुराको जोड थियो । नेपाली भाषाको व्यारणको ऐतिहासिक थालनी यसैलाई बिन्दुलाई मान्ने गरिएको छ । यसै अवधिमा (१९६५) राममणि आचार्य दीक्षितले हलन्त बहिष्कार आन्दोलन नै चलाएका छन् ।

पहिलो किस्ता

यादव दाइ शिक्षा कार्यालयको उच्च पदका कर्मचारी हुन् । उनी अफिसको कर्मचारीहरूको दर्जामा हाकिमभन्दा थपक्कै पछिको दर्जामा पर्छन् । अफिसमा माथिकै दर्जाका भएर पनि घरमा भने उनी बिहानबिहानका भान्से मात्र हुन् । घरको व्यवस्थाअनुसार बिहानको खाना तया।र गर्ने पालो उनको हो । आज पनि समयमै उनी दाल, भात तरकारी पकाउँदै छन् । उनकी श्रीमती पनि जागिरे छिन् । तर तिनी भने बिहानीको सिफ्टकी जागिरे छिन् ।

समाचार

प्रश्रित प्रतिष्ठान नेपालको आयोजनामा यही २०७० माघ ६ गते धनगढी, कैलालीमा सम्पन्न हुने कार्यक्रममा झापाबाट साहित्यिक सदभाव यात्राको रुपमा माघ ४ गते १४ जनाको झापाली साहित्यकारहरूको टोली चंद्रगढ़ीबाट बिहान ५.०० बजे त्यस तर्फ प्रस्थान गर्दै छ ।

यता पनि दुखेको छ उता पनि दुखेको छ

यसै बूढी भइसकें
आकर्षण भनेको त्यही सेतो कपाल थियो
थाप्लाको सेतै फुलेको कपाल पनि
संसारभरिका लाउकेहरूले ढौंटरी मार्दैमा
खाल्टा खाल्टा भएर झरिसक्यो
रोगले काखीमुनिको भाग नचल्ने गरिसक्यो ।
सर्वाङ्गमा भयानक रोग सरिसक्यो ।
पाइताला झम झम पोलेको छ
गरिखाने मेलोलाई रोगले बिथोलेको छ ।