Skip to content

घर बहाल करमाथिको खाेजी


घर बहाल कर लिन सकिएला ??
केही दिन अघि अर्थमन्त्री रामशरण महतले कर नतिर्नेहरुका सम्बन्धमा निकै कडा कुरा बोलेको सुनिएको छ । सरकारी जागिर खाएर कर नतिर्नेलाई कडा कारबाही गर्ने कुरा उनले गरेको बुझियो । पान नम्बर सबैले लिनु पर्ने कुरा पनि सुनियो । कुरा अत्यन्तै प्रशंंसनीय हो । सरकारी नोकरी गर्नेले कर तिर्दैन भन्नु उचित देखिन्न । उसको तलबी बिलमै कर काटिएपछि कसरी धर पाउँछ नतिरेर । तर मन्त्रीज्यूले एक कुरा बुझ्नु आवश्यक छ ।
एउटा सरकारी डाक्टरले अस्पतालमा काम गरेको तलबबाट कर काटिन्छ तर उसले सरकारले दिएको भन्दा लगभग सय गुणा कमाइ बाहिर गर्छ उसले त्यस कमाइको कर तिर्छ ?
त्यही सरकारी डाक्टर अस्पतालमा आकस्मिक रुपको काम कुनै ज्यामीलाई लगाउँछ । उक्त ज्यामीलाई अस्पतालको आकस्मिक काम गराएको ज्याला दिनु पर्दा त्यसको ज्यालाबाट कर कट्टा गरेर राजश्वमा जम्मा गर्न उर्दी दिन्छ तर त्यही डाक्टर त्यही ज्यालादारको छोरो बिरामी भएको अवस्थामा नारी समेत नछामी ढड्याएर फिस लिन्छ । त्यसरी कमाएको अतिरिक्त पैसाको उसले कतै कर तिर्छ ?
एउटा सरकारी वा विश्वविद्यायको टिचर बडो फुर्तीका साथ कर तिरेको पान नम्बर देखाउँछ । तर त्यही मान्छे उसको प्राइबेट कलेजको सबै आमदानी देखाउँछ र कर तिर्छ ?
अब उपत्यकाको घरभाडाको कुरा गरौं ।
कान्तिपुरले नै केही दिन अघि उपत्यकामा दुई लाख चौहत्तर हजार घर भएको खबर छापेको छ ।
अब विश्लेषण गरौं ः औशतमा कुरा गर्दैछु म ।
उपत्यकाका घरहरुमध्ये औशत घरहरु तीन तले छन् अरे मानौं ।
एक तलामा मालिकहरु नै बस्छन् अरे । त्यसको ता कुरै भएन ।
औशत दुई तलामा भाडा लाग्छ अरे । मैले जानेसम्म र खोजी गरेका १० ओटा घरहरुको अवस्थालाई लिने हो भने बाँकी रहेका दुई तलामा भाडा लाग्छ । दस ओटा घरको कुरा गर्दा एक घरमा बेग्लाबेग्लै कोठा भाडा लागेको पाइयो । कतै फ्ल्याटै भाडामा छन् । बेग्लाबेग्लै कोठा भाडा लगाएका घरको कुरा गर्छु । त्यस घरका प्रत्येक कोठाको चार हजार बहाल तिर्नु पर्दो रहेछ । सत्र ओटा कोठा दुई तलामा बेग्लाबेग्लै रहेछन् । त्यस घरबाट मासिक ६८०००।– हजार बहाल उठ्तो रहेछ । विजुली बाले पनि नबाले पनि प्रत्येक कोठालाई २०० रुपियाँ तोकिएको हरेछ । बोरिङबाट पानी तान्नु पर्दा बिजुली धेरै जान्छ अरे । पानी ता आउने कुरै भएन त्यसका लागि पनि प्रतिकोठा ५० रुपियाँ तोकिएको रहेछ । फोहोर व्यवस्थापन भनेर पनि रु ५० प्रतिकोठा मैनाको तोकिएको रहेछ । यतातिरको आमदानी ५१०० भयो । बाथरुप सफा गर्ने हार्पिक, कोलिन, झाडु, पोछाहरु, ओडोनिल आदि किन्ने पनि बहालवालाकै जिम्मा रहेछ । घर सफा गर्ने जिम्माहरु पनि भाडावालकै थाप्लामा पालै पालो लाग्दो रहेछ । यसको ता हिसाबै भएन । जम्मा आमदानी ७३१०० हजार एक सय देखियो । खर्चमा बिजुली सत्र सय, पानी आउँदै नआउने हुँदा मिनिमम मात्र देखियो । फोहरको पैसा पनि प्रति कोठा बीस बचत गर्दा रहेछन् । यो घर बाँसबारीको हो ।
बालाजुको एक घरको भाडा पैंतालिस हजार मात्र भेटियो । महाराज गन्जको एक घरबाट पाएको सूचना अचम्मको छ । ७ तले उक्त घरबाट पाइएको सूचना अनुसार १ लाख असी हजार भाडा उठ्तो हरेछ । धेरै घरहरुबाट औशतमा तीस हजार भन्दा बढी नै भाडा उठ्ने अनुमान हुन सक्छ । अनि अर्काे एक घरमा ता ९ हजार मात्र पनि देखियो । एउटा फुसको जस्तो घरको पनि भाडा लागेको देखियो । त्यसको १३ हजार उठ्तो हरेछ । व्यापारिक र अफिसहरुका लािग दिएका घरको घरभाडाको कुरा यहाँ गरिएन । किनभने लुकिछिपी भए पनि एक रुपियाँमा दुई पैसा जति देखाएरै भए पनि उनीहरु कर तिर्न बाध्य छन् ।
अब भनौं अर्थमन्त्रीज्यू यो ता उदाहरण भयो । दुई लाख चौहत्त हजार घर छन् । ती सबै घरहरुले घरभाडा लगाएका पनि छैनन् होला । कमसे कम पचास प्रतिशतले मात्र भाडा लगाए अरे मानौं । एक लाख पचिस हजार घरहरु घरबहाल लगाएका छन् । ती घरले औशतमा २० हजार नै बहाल उठाएछन् अरे । अब त्यसको हिसाब कति भयो ? त्यसबाट मात्र कर कति गुमिरहेको होला ?? सकिन्छ घर बहाल कर लिन ??

Leave a Reply

Your email address will not be published. Required fields are marked *