Skip to content

होम सुवेदी

धेरै लेखकहरूलाई

मैले मझेरीमा प्रवेश गरेको करीब ६ महिना भयो ।

यहाँ लेख रचनाहरु छपाउने कतिपय मित्रहरुले तलका अक्षर नचिनेको देखियो ।

विद्युत देख्दा
बिधुत लेखिएको भेटिन्छ

विद्या लेख्दा
विधा लेखेको पाइन्छ ।

विद्याधर लेख्दा
विधाघर लेखेको पाइन्छ ।

उद्देश्य लेख्दा
उधेशेय लेखेको पाइन्छ ।

अतः द्य ध द्द घ जस्ता अक्षरहरु धेरैले चिनेका हुँदा रहेनछन्।

अरु केही नचिने पनि देवनागरीका सबै वर्णहरु चिन्नुपर्ने सुझाव छ मेरो ।

नेपालगञ्जबाट लेनदेन

अस्तिको कुकुरजात्राको बोलमा
रुपैडिया र त्रिभुवनचोकमा
टाँगामा पटकपटक धाएथें
त्यस बेला
त्यहाँबाट नेपाल भारततिर पोखिंदो रहेछ
यो अनुभवका साथ नेपालगञ्ज डुलेको थिएँ ।
हाम्रो नेपाल भारततिर पैरो नै लड्दो रहेछ
यो दृश्य आँखामा दिमागमा हुलेको थिएँ ।

माइले आफ्नै लोसार मानायो

काहिले यता कान्यायो काहिले उता कानायो
दूइ पाइसाकु लोभमा बान्धकी राखिएको
आफ्नो अस्तित्व नै गानायो
अर्काको बार्थडेका लागि मात्र बार्थे केक बानायो
हाइन हाम्रो केइ छइन मनाउने
सोच्तासोच्तै मेरो ता गिदी नै गानायो
आमेरिकाको कुइनेटुमा भाए पनि
लौ जा मैले ता आफ्नै लोसार मनायो ।

तेस्रो किस्ता

कल्पना शिक्षा कार्यालयमा यादवजीले भनेकै दिन नियुक्ति पत्र लिन आई । नियुक्तिपत्र बुझिसकेपछि कल्पनालाई यादवजीसँग भेट्ने मन भयो तर यादवजी त्यस दिन कार्यालयमा आएका थिएनन् । अफिसको व्यस्त कामले गर्दा निकै धपेडी परेको कारण उनी अलिक तनावमा थिए र कपाल दुखेर बिसन्चो महसुस गर्दै घरमै बिरामी बिदा लिएर बसेका थिए । यसै कारण त्यस दिन शिक्षा कार्यालयमा नियुक्तिपत्र लिन गएकी कल्पनाको यादवजीलाई भेट्ने इच्छा भने तत्कालका लागि अधुरै रहन गयो । तैपनि उसले पिउनलाई सोधी–“आज हाकिम साहेब आउनुभएन ?”

दोस्रो किस्ता

‘अहिले दिउसै टाँसिदिए हुन्न र हाकिम साहब ?’ अफिसभित्र आएर सुब्बाले यादवजीलाई सोधेको थियो । अन्तर्वार्तामा उत्तीर्ण भएका विद्यालय शिक्षकहरूको नामावलीको त्यो सूची आफैं यादवजीले खिचेर राखेका थिए । यसै बारेमा सुब्बाले सोधेको थियो । अनि सुब्बालाई हाकिमले भनेका थिए– “होइन, अहिले भीडभाड हुन्छ । बरु म भरे केही बेर अफिसमै बसेर साँझ परेपछि यो रिजल्ट टाँस्न लगाएर मात्र फर्कन्छु ।’

किशोरी पारी देउ

न त्यो रोक्न खोज्दा कतै रोक्न सक्थ‌े
न त्यो छोप्न खोज्दा कतै छोप्न सक्थे‌ ।
सधै‌ देखिने थ्यो लुकेको जवानी
मेरो त्यो जवानी मेरो त्यो निसानी ।

सधै‌ ओठमा देखिने थ्यो फुलेको
सधै‌ छातीमा देखिने थ्यो खुलेको
कति थ्यो कति थ्यो मिठो त्यो कहानी
परेलीसँगै झिम्किने यो जवानी ।

सबै हेर्देथे फर्की फर्की मलाइ
सबै थूक निल्थे मलाइ नपाइ
न इच्छा थिए थ्यो जवानी न काबु
परैबाट हेर्थ‌े लजाएर आफू ।

फुलेको थियो जिन्दगीको गुराँस
खुलेको थियो जिन्दगीको सुवास
बनाएछ कस्ले सीमाना यसोरी
प्रभुजी बरु पारी देउ किशोरी ।

साथी निरास नहोऊ

निराशा तिमीमा साथी आएको किन हो किन ?
आँसु झारेर के गर्छौ पुछ्नैसम्म म सक्तीन ।

औडाहा किन पालेको उखेली फाल्नुपर्दछ
आफ्नै साहसको बत्ती आफू नै बाल्नु पर्दछ ।

सानो विचार

मझेरीका माध्यमबाट पनि नेपालको सम्विधान बनोस् भन्ने भावनाहरु कविता वा गजलका माध्यमबाट अभिव्यक्त भएका पाइएका छन् । अनि यसभित्रका पाठकहरु र यसका रचनाकार तथा ग्राहकहरु अवश्य पनि बौद्धिक हुनु पर्ने हो भन्ने मेरो विश्वास छ । सम्विधान बनेपछि हातमा पापा नै आउला भन्ने बालहट जस्तो कुरा यहाँका लेखकरुले पनि गरेको देखियो । सम्विधान बनेर नेपाललाइ चिरेपछिलाइ हाम्रो पनि राज्यमा पहुँच पुग्छ भन्ने आशा गरेको भाव गजल कविता र साना कथाहरु तथा केही गन्थनहरुमा समावेश गर्दै लेखेको र मझेरीमा पोस्ट गरेको पनि म केही महिनादेखि यदा कदा पढिरहेको छु । साथीमाइहरुले यो सबै भ्रम हो भन्ने कुरा बिर्सनु भएन । सम्विधान बने पनि हामी

अवतरण

उनको र मेरो परिचय छ । उनी कथाकार र प्राध्यापक पनि हुन् । निकै ओटा पुस्तक प्रकाशित गराएका छन् । हाम्रो प्राय भलाकुसारीका रुपमा गफगाफ भइरहन्छ । म उनका साथ एक भेटघाटको सिलसिलामा थिएँ । “हैन ‘अपहत्ते’ कथाको अन्तमा सफल अवतरणको उपाय खोजिएको थियो नि मित्र । कुन रुपमा भयो त अवतरण ?” मैले कथाकारसँग सोधें ।

मझेरीलाई मेरो गीतका दुई हरफ

यी राम्री छे भन्ने पनि हुन्न चासो
नराम्री छे भन्ने पनि हुन्न चासो
यी राम्रा नराम्रा कुरै हुन् हराउँछन्
कसैले कसैलाई जसै मन पराउँछन् ।

समृद्ध नेपाल

“घर त बनाइछेस, तर खोइ त चर्पी कता बनाइस् ?” सोधे खड्काले ।

“छँदैछ नि बाँसघारी त्यसका लागि । त्यसरी अर्काको मुलुकमा ज्यान सुकाएर तपाईंले कमाएको पैसाले के चर्पी बनाउनु भन्ने लागेर मैले त घरै मात्र बनाएँ । दुइ तले पो बनाइदिएँ । कस्तो लाग्यो ?” सोधिन् ।

चाटुकार अलमलमा

“होइन के भएर मेरो रुखमा यसपालि फल लागेन हँ ?” सोधे राजाले बगै‌चारको आँपको रुखतिर हेर्दै ।

उनका साथमा एक चाटुकार र मन्त्री कालिदास पनि थिए ।

अनि भने कालिदासले- “सधै‌ एकैनासले फलिरहन्छ त !”

मेरो मन मैसँग मागिरन्छ

कता कता मेरो मन मसँगै क्यै मागिरन्छ
तिमीलाई खोजी खोजी कता कता भागिरन्छ
रोक्न जति खोज्यो उति कता कता दौडिएको
किन होला मेरो मन मायाभित्रै पौडिएको ?

परालको आगो

आरम्भमा ः
चामेकी जोईको नाउँ गाउँमा गौथली थियो,
गृहस्थी गरी बस्थे ती गृहस्थी ठिक्ककै थियो ।

साँवलो वर्ण थ्यो त्यस्को केही काली भए पनि,
गृहस्थी थाम्न लागेकी भर्खरैकी भए पनि ।

अर्काको मुलुकमा टाङ् मुनि पनि छिरिन्छ

साइँलोः (पसलेसँग)वियर छ साहूजी ?
साहूः छ । कति बोतल चाहियो ?
अर्को पात्रः (पसलेसँग)पानी छ साहूजी ?
साहूः छैन । पानी सानी कस्ले राखोस् ह्याँ !
साइँलोः पाँच बोतल बियर देउ त साहूजी । अनिचुरोट छ कि छैन ?
साहूः चुरोट ता सकिएछ !
साइँलोः यत्रो दोकान अरे चुरोट पनि नराख्नी क्या झुर । ह्यवाँ कतारमा भनी जहाँ पनि जहिले पनि पाइन्थ्यो ।
साहुः माथिल्लो दोकानमा छ जानु उतै खानु तैबाट लानू है ।
साइँलोः माथिको दोकानेको पनि उही चुरोट देउ भनेर सेवा बिन्ती गर्नी ता होला ।
साहूः अर्काको मुलुकमा भए ता मालिकले टाङ् मुनि छिर् भने पनि मान्थ्यौ होला यहाँ आफ्नो मुलुकमा भने‍…..

तिम्रो सम्झनामा

रातको बतासमा सुबास एक अल्झियो
तिम्रो सम्झना कतै गएर भित्र बल्झियो ।
रातको बतासमा……..
कसोकसो कता कता उनै उनै कुराहरु
बिथोल्न थाल्दछन् सधैं फिरेर सम्झनाहरु
परेलीबाट आँसुको मुहान नै छचल्कियो
तिम्रो सम्झना कतै गएर भित्र बल्झियो ।
रातको बतासमा……..
समालूँ कि समालूँ कि कहाँ समाली सक्नु छ,
भुलाऊँ कि भुलाऊँ कि कहाँ भुलाइसक्नु छ,
बेहोसको र होसको तरङ्ग क्यै त सुल्झियो
तिम्रो सम्झना जसै गएर भित्र बल्झियो ।
रातको बतासमा……..
भद्रपुर,