के नपाएर हो यिनीहरु
डाँडाकाँडा र पहाड पर्वत नाघेर
अज्ञात गन्तव्यतिर जाँदैछन्
के खोज्न हो यिनीहरु
अन्तरिक्षकै यात्रा गरेर
स्वप्निल समुद्रमा गोता खाँदैछन्
अलिकति मात्र खोलून् त आँखा
यिनीहरु आफूलाइ नै छाडेर
अन्धकारको खाडलमा जाँदैछन् ।
First published : 2014-06-07 18:30:13 +0545
