Skip to content

पाए हुन्थ्थो


नेपाल यो एकै शब्द लेख्न पाए हुन्थ्यो
सपनीमै भए पनि देख्न पाए हुन्थ्यो

आफ्नो गोठ आफ्नो गाउँ आफ्नो भिर पाखा
फर्किएर एकै पल्ट टेक्न पाए हुन्थ्यो

साँध मिच्तै वैरी आज घरभित्रै आयो
सबै मिली त्यसलाई छेक्न पाए हुन्थ्यो

स्वार्थ लोभ लालचाको आगो ताप्न छाडी
शत्रु चिनी त्यसको ढाड सेक्न पाए हुन्थ्यो

भ्रष्टाचार लुतो जस्तो फैलिएर आयो
मन्साएर लुतो आजै फेँक्न पाए हुन्थ्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *