Skip to content

महामारी

गजलः

मलाई थाहा छ गजल भनेको नारीकेन्द्रित र प्रेम विरह प्रेमजन्य छटपटी आदिमा लेखिने लययुक्त वा गेयात्मक बहरबद्ध रचना हो । तर अहिले जेसुकैमा गजल भन्यो अनि स्वतन्त्र गजल भनिदियो । टन्टै खलास । भाषाको हुर्मत लियो । वाह वाह भन्यो अनि उत्ताउला फोटाहरु हाल्यो वस ।

तलको पनि गजल भएन र ।

महामारी सुनामी र कोरोनाले काल ल्यायो

भूकम्पले समुद्रमा मान्छे मार्ने छाल ल्यायो ।।

भोक भोकै संसार आज मर्न लाग्ला जस्तो हुँदा

सरकारले खाना बाँड्न छिँड् परेको थाल ल्यायो ।।

सबैतिर भोक मरी सबैतिर महामारी

सरकारले झुप्रो छाउन टाल्टुल् गरी पाल ल्यायो ।।

घुस खाने लेनदेनैमा कुनै मन्त्री थला परे

यसपालिको मन्त्रीले चैं चिनबाट माल ल्यायो ।।

जहाज आउने पक्का बुझी यौटा मन्त्री दङ्ग देखें

समुद्रमा माछा मार्ने उसले नयाँ जाल ल्यायो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *