कोरोनाले महाशक्ति जलाउने भो
तिनका पनि नौनाडी गलाउने भो ।।
हिजोसम्म तिमी रजाइँ गरि बस्थ्यौ
कोरोनाले अब संसार चलाउने भो ।।
चन्द्र जित्यौं भन्ने सधैं धाक लाउँथ्यौ
तिम्रो सेखी कोरोनाले ढलाउने भो ।।
फुर्ती ढले कीरो मार्न नसक्नेका
बेइज्जतीको सिङ अब पलाउने भो ।।
आफू ठुलो अर्कोलाई सानो भन्थ्यौ
कीटाणुले अब तहलाउने भो ।।
जतासुकै बमबारी गर्दै हिंड्थ्यौ
अब तिम्रै मृत्यु घन्ट बजाउने भो ।।
