आपद् विपद् पर्दा पनि बाटो छोडिएन
आतङ्ककका झोलेसँग नाता जोडिएन
आफनै आमा बाबासँग बस्न माया मारी
जङ्गल पस्ने बाटोतिर खुट्टा मोडिएन
झुटो झुटो सपनाको बाँडचुँड गर्दै
मायाको र सम्बन्धको डोरी तोडिएन
आफ्नो तथ्य भन्नलाई केको डर लाग्नु
आफ्नै आमा बाको टाउको कैल्यै फोडिएन
चन्दा धन्दा डर त्रास धाकधम्कीबाट
राजधानीमा सानोतिर महलल जोडिएन
