Skip to content

नबजाउनु ईर्ष्यालु प्रशंसाको तालीहरु


नबजाउनु ईर्ष्यालु प्रशंसाको तालीहरू
आदर्शको कुरा गर्दै नथाप्दिनु जालीहरू

निर्दयी हातहरू कोपिला र फूल चुडाई
पूजा गर्न पापी मनले नबोक्नु थालीहरू

सान्त्वना नि दिने हुँदै भित्रभित्रै मज्जा लिंदै
जानिजानी नभाँच्नु है सिर्जनाको डालीहरू

कहिले त जिन्दगीमा अर्तीहरूभन्दा पनि
झनै प्यारो हुँदो रैछ सराप र गालीहरू

नैतिकताको मुहान कदापि नसुकाउनु
लच्के पनि भत्के पनि भरोसाको आलीहरू

चाँगे-५, नेसुम, ताप्लेजुङ
हाला: धरान-१०, सुनसरी, नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *