Skip to content


फूलको माला उन्ने
मेरो एउटा रहर पूरा गर्दा
फूलहरु मात्र टिपिनछु मैले !
फूलसँगै टिपिएछन् पातहरु!
फूल र पातसँगै मिसिएछन् काँडाहरु!

तर त्यो मालाको निम्ति
मेरो छनौटमा नपरेका थुङ्गाहरुलाई
समेट्नै नसमेटिएका काँडा र पातहरुलाई
बेवास्ता भने कहिल्यै गरिन।
कसिङ्गर भन्दै फाल्नुको सट्टा
मेरो अनुभूतिको नाङ्लोमा संहालेर राखें
अनि सबैलाई मिलाएर फेरि अर्को सुन्दर माला गाँसे !

अब फेरि माला गाँसे भने
सुरुवातमा नै थुङ्गाहरु मात्र छान्दिन
फूल टिप्दा टिपिएका पातहरु पनि उन्दै
फूल र पातसँग मिसिएका काँडाहरु पनि उन्दै
यथार्थता अनौठो नलाग्ने गरि
म एउटा अनौठै तर पुर्ण माला तयार गर्छु
म एउटा छुट्टै माला तयार गर्छु
म एउटा सार्थक माला तयार गर्छु

चाँगे-५, ताप्लेजुङ
हाल: धरान , सुनसरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *