Skip to content

नाङ्गिएको मात्र देख्यौ छोप्ने कुरा लेख्यौ खै त ?

नाङ्गिएको मात्र देख्यौ छोप्ने कुरा लेख्यौ खै त ?
उजाडेको मात्र देख्यौ रोप्ने कुरा लेख्यौ खै त ?

ध्वंस पछि निर्माणहरु अधुरो हुँदा खेरी
बिग्रिएको मात्र देख्यौ कोप्ने कुरा लेख्यौ खै त ?

समयको बहाव सँगै आकृति मिल्दै जाँदा
मेटिएको मात्र देख्यौ खोप्ने कुरा लेख्यौ खै त ?

चाहनाले पोतिएको जिन्दगीको रङ्गहरु
नमिलेको मात्र देख्यौ चोप्ने कुरा लेख्यौ खै त ?

चाँगे-५, नेसुम, ताप्लेजुङ
हाल: धरान

Leave a Reply

Your email address will not be published. Required fields are marked *