Skip to content

नेपाली संविधान


साँढे गोरुहरू
आफ्नै तालमा हिंडिरहेका छन्
आस लाग्दो झोला झुण्ड्याएर

विचरा स्यालहरू
अनेक तालमा पछ्याइरहन्छन्
झरेपछि खाउँला भनेर

साँढे गोरुहरू त
अँझैपनि धेरै लामो हिंड्न् सक्छन्
स्यालहरूले साथ दिए भने
त्यसै पनि त स्यालहरूभन्दा धेरै बलिया छन्

तर,
विचरा स्यालहरू पनि
पछ्याउँदा – पछ्याउँदा थाकेर
धेरै चलाक भइसके
अब साँढे गोरुहरू पनि
आसा देखाउदै झोला बोकेर
धेरै टाढासम्म जान सक्दैनन्

आफ्नो स्तर उकास्न
शोषण र दमनको अन्त्य गर्न
स्यालहरूले विवेकशील कदम चालिसके
आसामुखी यात्राको अन्त्य गरिसके
जुन यात्रामा सह-अस्तित्वको उज्यालो देखेनन्
र त सबै मिलेर झम्टिनै लागेका छन्
साँढे गोरुहरूको झुप्पामा ।

चाँगे-५, ताप्लेजुङ
हाल: धरान, सुनसरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *