आहा! कति राम्रो काठमाण्डौ!
काठमाण्डौ त सिङ्गापुरभन्दा पनि कति राम्रो!
सफा – धुलोमैलो र फोहोर नै देखिंदैन
सुन्दर – बेहुलीलाईभन्दा धेरै सिंगारिएको
शान्त – कोलाहल नै छैन
ब्यवस्थित – सहज, सबै कुरा मिलेको
सुरक्षित – सर्वसाधारणभन्दा सुरक्षाकर्मी धेरै
तर
यी सम्पूर्ण प्रयासहरू
प्रयाससँगै सम्भवहरू
नेपाली जनताको लागि नभई
सबै देश बिदेशको टाउकेहरूको निम्ति मात्र
त्यसैले त
म जाँदा जाँदै आधी बाटोमा छेकिएँ
पुग्नु अलिक पर थियो तर अलिक वरै रोकिएँ
अनि रमिता हेरें
खुल्ला सडकमा टाउकेहरूको गाडी सरर
झण्डा फरर
म जस्तै हजारौंको पसिना
काठमाण्डौको चिसोमा तरर
टाउकेहरूले गाडी भित्रबाट हात हल्लाए
तर रमिते धेरैले हल्लाएनन् मैले जस्तै
जेभए पनि काठमाण्डौ अति राम्रो
सार्क सम्मेलनले केही दिनको मीठो सपना
देख्ने जति नेपालीले देखेको सपना
नदेख्नेले पनि सुनेको सपना
सिङ्गापुरभन्दा राम्रो काठमाण्डौ, केवल सपना!
चाँगे-५, नेसुम, ताप्लेजुङ
हाल: काठमाण्डौ

भाइ याे सबै सपना नेपालीहरुका
भाइ याे सबै सपना नेपालीहरुका लागि हाेइन रहेछ भन्ने कुरा सिद्ध भयाे । सार्क भनेकाे देखाउने दाँता मात्र रहेछ ।
एउटा मीठो सपना सुन्दर सपना केवल सपना…
एउटा मीठो सपना सुन्दर सपना केवल सपना । टीप्पणीको लागि धन्यवाद होम दाइ!