बनावटी मायाजालमा फसाएर गयौ
आखिर अर्कै अंगालोमा टसाएर गयौ
पिरतीको हिमशिखरसँगै चढ्ने भन्दै
काँडे घारी दलदलमा भसाएर गयौ
आफैंलाई बिर्सिएर तिम्रो भरमा पर्दा
विश्वासघाती छाँगाबाट खसाएर गयौ
मेरो आँसु मेरो बिजोक हेर्न नसक्नेले
उल्टै रुवाई दुनिया नै हसाएर गयौ
चाँगे-५, नेसुम, ताप्लेजुङ
हाल: धरान-१०, सुनसरी नेपाल
