Skip to content
ghayal


सादा कागज झैं भो जीवन कर्म रहेन
पापीहरू बढ्दै जादा धर्म रहेन ।।

अर्धनग्न हुँदै छन् फेसनको आडमा
जे गरे नि भाकै छ शर्म रहेन।।

मानव स्वरुप उस्तै अनि रगत रातै भए पनि
घमण्डले मेटिए तर नर्म रहेन।।

दुई दिने जिन्दगानी भोलि कस्ले देख्या छ र?
इन्सान माथि इन्सानको मर्म रहेन।।

अन्धकारको जिन्दगीमा अहंकार पाल्नाले
यो समाजमा ऐचो पैचो पर्म रहेन।।

डिल्ली प्रसाद खराल♥घायल♥
वीरेन्द्रनगर चितवन,
हाल : मरुभूमिको छाती दुबई,

Leave a Reply

Your email address will not be published. Required fields are marked *