लाचार ती हातहरूमा बलदेऊ थोरै
हिजो जस्तै रमाइलो पल देऊ थोरै
प्राकृतिकको संरक्षक हे जगत पिता
भोकालाई गाँससँगै जल देऊ थोरै
पुष माघको शित लहर अनि बर्खेझरीमा
ढाक्ने न्यानो लुगा-छाउने नल देऊ थोरै
जिन्दगीका भोगाईमा ठक्कर केही आईलाग्दा
दु:खको त्यो मोडहरूलाई टल देऊ थोरै
पसिनाको भल बगाई मेनत गर्ने हातहरूमा
परिश्रको मिठो उस्लाई फल देऊ थोरै
डिल्ली प्रसाद खराल♥घायल♥
वीरेन्द्रनगर चितवन,
हाल:-मरुभूमिको छाती दुबई
