Skip to content

जिन्दगीको जङगार”

dilli



जिन्दगीको जङ्गार संगै तर्न पनि सकिएन
उन्लाई छोडि एक्लै यात्रा गर्न पनि सकिएन

बाचीरहे ढुकढुकिलाई उन्कैनिम्ति सम्हालेर
दुई घुड्की सास रोकि मर्न पनि सकिएन।।

उकुस मुकुस हिर्दयमा राप तेस्तै अतितको
दन्कीरको ज्वाला भित्र पर्न पनि सकिएन ।।

निराशको बादलआई साराखुशी ढाँकेपछी
आँसुरोकि ओठमा मुस्कान भर्न पनि सकिएन।।

आफैले निर्दोष आत्मालाई घात गर्न नसक्दा
सन्सार देखी अन्तै बसाई सर्न पनि सकिएन

डिल्ली प्रसाद खराल♥घायल♥
बिरेंद्रनगर चितवन,
हाल:-मरुभुमिको छाती दुबई♥घायल♥

2 thoughts on “जिन्दगीको जङगार””

Leave a Reply

Your email address will not be published. Required fields are marked *