
दु:ख पिंडा परदेशको भुल्न आउदै छु
मेरो देशको फाँटहरुमा डुल्न आउदै छु”
बिर्सिएर जिन्दगीको हजार ठक्कर हरुलाई
मयाँलुको अंगालोमा झुल्न आउदै छु”
चौबिसै घन्टा दिन रात मैना बर्ष गनेर
उन्को मन्को बगैंचामा फुल्न आउँदै छु”
पिंजडाको मैना सरि बन्दी जीवन काटेर
बर्षात पछी गगनझैं खुल्न आउँदै छु”
सागरको लहर जस्तै असान्त यो मनमा
थोरै खुशी दिर्दयमा हुल्न आउदै छु”
डिल्ली प्रसाद खराल♥घायल♥
बिरेंद्रनगर चितवन,
हाल:-मरुभुमिको छाती दुबई”
