डाँको छोडी म रुदा गीत भने कतिले
मैले हार्दा दुनियाँको जित भने कतिले
पीडालाई बिर्सिन नसालाई जब साथरोजे
जड्याहा र आवाराको मित भने कतिले
बररर झरी जस्तै वर्षिने मेरो आँसुलाई
मिरर्मिरे त्यो बिहानीकोसित भने कतिले
ऐसमै जिन्दगानी बिताउछुभन्दा आज
जवानीको प्यास बुजाउने धित भने कतिले
सुख दु:ख तर्नैपर्ने जिन्दगीको जंघारलाई
सृष्टिदेखि चलिआको रीत भने कतिले
डिल्ली प्रसाद खराल♥घायल♥
बिरेंद्रनगर चितवन,
हाल:मरुभूमिको छाती दुबई’
