आँखाभित्र आँसुको ताल बन्दैछ
कल्पनाको महल पनि छाल बन्दैछ
घरी घरी झस्काउदा अतितको यादले
दिन महिना गन्दागन्दै साल बन्दैछ
भुल्न पनि नसक्दा तिमीलाई मैले
नसाले मातेको हाल बन्दैछ
टाढा बन्दै जादा समय पनि म देखी
मेरोलागी मायाँनै काल बन्दैछ
बदलाको ज्वालामा दन्किदा जिबन
दुस्मनले रचेको चाल बन्दैछ
डिल्ली प्रसाद खराल♥घायल♥
बिरेंद्रनगर चितवन,
हाल:-मरुभुमिको छाती दुबई”

कति मिठो गजल लेख्नु हुन्छ
कति मिठो गजल लेख्नु हुन्छ तपाइँ । धेरै धेरै धन्यवाद । अरु पनि पढिरहन पाउँ । अाशा गरेको छु
धन्नेबाद हजुरलाई।।मेरो
धेरै धेरै धन्नेबाद हजुरलाई।।
मेरो लेखलाई प्रसन्सा भन्दापनि हजुरको सल्लाह र सुझावको खाचोछ म लाई, मेरो कमिकमजोरि लाई सदै निहाल्दिनु होला”
ok, bhai.
ok, bhai.