ब्यूँझेपछि सपनाको सहर पनि हरायो
भत्केपछि जिन्दगीको रहर पनि हरायो
उँडाइलग्दा सारा खुशी बिनासको हुरीले
बेहोसीमा छट्पटाउने जहर पनि हरायो
अभावका खाल्टाहरू प्रतिदिन गहिरिँदा
बाँचेर केही गर्छुभन्ने ठहर पनि हरायो
छातीभित्र उकुस मुकुस असैनिए पीडाले
हृदयमा खुशीको लहर पनि हरायो
जीवनका क्षणिक स्वादहरू चाख्दै जब अघि बढे
मेरो सामु खुशीको त्यो प्रहर पनि हरायो
डिल्ली प्रसाद खराल घायल
वीरेन्द्रनगर चितवन,
हाल :- मरुभूमिको छाती दुबई

ब्यूँझेपछि सपनाको सहर पनि
ब्यूँझेपछि सपनाको सहर पनि हरायो
भत्केपछि जिन्दगीको रहर पनि हरायो,,
वा वा घायल जी