नियतिले लुट्दा खुशी रुन पर्यो फेरि
कोरिहरूको पाउ मैले छुन पर्यो फेरि
जन्मिएर के भूलगरे भन जगत पिता
आँशुहरूको धारा बनी चुन पर्यो फेरि
किन दियौ क्षणिक खुशी यो दुखीलाई
यति सारै लाचार आज हुन पर्यो फेरि
पिंडा दाही जिन्दगीको नरमाइलो खडेरीमा
खुनै खुनले यो शरीरलाई धुन पर्यो फेरि
के गरिन र आजसम्म यो शरीरको लागि
निमोठेर अंग अंग दुन पर्यो फेरि
डिल्ली प्रसाद खराल♥घायल♥
वीरेन्द्रनगर चितवन,
हाल:-मरुभूमिको छाती दुबई”
