Skip to content

नियतिले लुट्दा खुशी


नियतिले लुट्दा खुशी रुन पर्यो फेरि
कोरिहरूको पाउ मैले छुन पर्यो फेरि

जन्मिएर के भूलगरे भन जगत पिता
आँशुहरूको धारा बनी चुन पर्यो फेरि

किन दियौ क्षणिक खुशी यो दुखीलाई
यति सारै लाचार आज हुन पर्यो फेरि

पिंडा दाही जिन्दगीको नरमाइलो खडेरीमा
खुनै खुनले यो शरीरलाई धुन पर्यो फेरि

के गरिन र आजसम्म यो शरीरको लागि
निमोठेर अंग अंग दुन पर्यो फेरि

डिल्ली प्रसाद खराल♥घायल♥
वीरेन्द्रनगर चितवन,
हाल:-मरुभूमिको छाती दुबई”

Leave a Reply

Your email address will not be published. Required fields are marked *