
यो जिन्दगी दोधार भो तिम्रो कारण
पानी बारा बार भो तिम्रो कारण”
बाँकी केनै रयोर स्वार्थी यो सन्सारमा
साथी पनि जार भो तिम्रो कारण”
सत्य टिक्नै सकेन घोर यो कलिमा
भाई भाईमा मारा मार भो तिम्रो कारण
फुको मुस्कान दिदै जति हाँसेपनी
धर्तिलाई आज भार भो तिम्रो कारण”
हिजो सब्ले चुम्दै हिड्ने त्यो गुलाब
आज लुते झार भो तिम्रो कारण”
डिल्ली प्रसाद खराल♥घायल♥
बिरेंद्रनगर चितवन,
हाल:-मरुभुमिको छाती दुबई”
