पवित्र मेरो प्रेमपनि खेल बन्यो त्यति बेला
निर्दोष मेरा आँसुहरू भेल बन्यो त्यति बेला
आफ्नैदेखि तृरष्कृत भएपछि मेरो प्यार
मेरो लागि अँझ कठोर जेल बन्यो त्यति बेला
सानो तिनो मन मुटाबमा निस्किएको चिङारिनै
सम्बन्धमा आगो लाउने तेल बन्यो त्यति बेला
नयँन भित्र न बिजाउने त्यति कोमल मुटुपनि
खडेरीले सुकेजस्तो बेल बन्यो त्यति बेला
सम्पतिको तराजुमा पवित्र प्रेम जोखेपछि
सुन्दर संसार मेरो लागि हेल बन्यो त्यति बेला
डिल्ली प्रसाद खराल♥घायल♥
बिरेंद्रनगर चितवन,
हाल:-मरुभूमिको छाती दुबई”
