Skip to content

हिजो सरल सिधा व्यक्ति


हिजो सरल सिधा व्यक्ति भोलि बेग्लै हुन सक्छ
राम राम भन्ने मुखमा पनि बोली बेग्लै हुन सक्छ

कटपुतली सरकारबाट लेखिएको संविधानमा
मेरो देशको राष्ट्रिय पोसाक चोली बेग्लै हुन सक्छ

अव्यवस्थित ढलनालालाई व्यवस्थित गरेमा भोलि
विष्णुमति काठमाडौंको खोली बेग्लै हुन सक्छ

छोडिदेऊ आन्दोलन र चक्का जाम गर्नलाई
नत्र ताकी ताकी ठोक्ने गोली बेग्लै हुन सक्छ

संघीयताको भुमरीमा पर्यो भने देश भोलि
सर्वसाधारणले बोक्ने झोली बेग्लै हुन सक्छ

डिल्ली प्रसाद खराल♥घायल♥
बिरेन्द्रनगर चितवन,
हाल: मरुभूमिको छाती दुबई’

2 thoughts on “हिजो सरल सिधा व्यक्ति”

Leave a Reply

Your email address will not be published. Required fields are marked *