कठिन यात्रा गर्दागर्दै थाकिसके देउराली
यो तनाब जीवनदेखि पाकिसके देउराली
कसैको निम्ति कुभलो न चिताउदा पनि
आफ्न्तले पनि मुड्की ताकिसके देउराली
घरी घरी यो दिल भित्र गए पछि पहिरो
जिन्दगीको तितो स्वाद चाखिसके देउराली
भाग्य मेरो खराव होकि कसैको सराप हो कि
शत्रु बैरीहरूले आज ढाकिसके देउराली
असान्त यो हृदयमा थोरै शान्ति मिल्छ कि भनी
कयौं मठ मन्दिरमा भाकिसके देउराली
डिल्ली प्रसाद खराल घायल
वीरेन्द्रनगर चितवन
हाल: सुपा देउराली माइ
अर्घाखाँची मदर ल्यांड”
