Skip to content

दुई मुटुको मिलन त्यो

DilliPrasadKharal-04


दुई मुटुको मिलन त्यो साथ् कसरी भूल्यौ
सुम सुमाउदै चुमेका ती हात कसरी भूल्यौ

पुस माघको आच्छुछु सिरेटोमा मसँगै
अङ्गालोमै रमाएको रात कसरी भूल्यौ

सुम्पेर लाली जोवन हिजो मलाई तिमीले
लट्ठ पार्ने मोहनी मेरो बात कसरी भूल्यौ

पवित्र मेरो मायालाई दुई किनार पारेर
तिमीले दिएका चोट अनि घात कसरी भूल्यौ

फक्रिएर ढकमक्क फुलेर हिजो तेई बोटमा
सबित्री र मन्सुलीको भात कसरी भूल्यौ

डिल्ली प्रसाद खराल♥घायल♥
वीरेन्द्रनगर चितवन,
हाल:-मरुभूमिको छाती दुबई

Leave a Reply

Your email address will not be published. Required fields are marked *