छिमेकीले चाँद चुमे,
चन्द्र,मङ्गल जम्मै घुमे,
बिचरा हामी कहिले तराईतिर पड्किन्छौं,
कहिले ग्याँस,पेट्रोल भन्दै सडकतिर अड्किन्छौं,
बुद्धको जन्मभूमि सर्न थाल्या छ अरे,
सगरमाथा हाम्रो होइन चाइनामा पर्छ रे,
हामीलाई किन पोल्दैन किन दुख्दैनन यी छातीहरू,
समुन्नत राष्ट्र कहिले हुन्छ बालुवाटारका साथीहरू ?